कांग्रेस झापाका पूर्वसभापति दाहालको निधन

नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका–५ मङ्गलबारे निवासी पूर्णनन्द शर्मा दाहालको सोमबार निधन भएको छ । केही दिनयता अस्वस्थ ८८ वर्षीय दाहालको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा सोमबार अपराह्न ४ः३० बजे निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिनुभयो । सो अस्पतालले दाहालको सबै उपचार निःशुल्क गरिदिएको थियो । कांग्रेस झापाका …