सबै विषय टुंगिइसकेर पनि नेपाल र भारतबीच मल खरिदबिक्रीसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुन भएको ढिलाइले नेपालले भारतबाट मल आपूर्ति गर्न सकेको छैन । नेपाल सरकारलाई मल आपूर्तिका लागि हतारो छ । खेतीपातीका बेला किसानले मल पाइरहेको अवस्था छैन । यही विषयलाई लिएर तराईमा सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन नै चर्काइरहेको छ ।