काठमाण्डाै - सरकारले भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट जीटुजी अर्थात सरकार–सरकार मार्फत मल खरिद गर्ने निर्णय गरेको हो ।
रासायनिक मल खरिदका लागि सम्झौता गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अख्तियारी दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवका अनुसार मल खरिदका लागि भारतसँग पाँच वर्षका लागि सम्झौता गर्ने निर्णय भएको छ ।
पहिलो वर्ष डेढ लाख मेट्रिक टन मल खरिद गर्ने र त्यसपछि हरेक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने गरी सम्झौता ह...