मल खरिद गर्न भारतसँग सम्झौता

सरकारी स्तर (जीटूजी) मा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । मलको आपूर्ति अवस्था सहज पार्नका लागि भारतबाट जीटूजीमार्फत मल ल्याउनका लागि यसअघि नै मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।सोहीअनुसार सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटूजीमार्फत मल खरिद गर्ने सम्झौता गरेको हो । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार […]

सम्बन्धित सामग्री

जीटूजीमा रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झाैता

काठमाडौं । नेपाल र भारत सरकारबीच नेपालले 'जीटूजी'मा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न सम्झौता भएको छ । सोमबार दुई देशका प्रनिनिधिहरूबीच भएको भर्चुअल वार्तामा जीटूजीमा आगामी पाँच वर्षका लागि नेपाललाई रासायनिय मल दिन भारतसँग सम्झौता भएको हो । सम्झौतामा नेपालका तर्फबाट कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्मा र भारतका तर्फबाट रसायन एवम्...

मल किन्न भारतसँग सम्झौता गर्ने मन्त्रिपरिषद्को निर्णय

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि सम्झौता गर्ने निर्णय गरेको  मन्त्रालयले जनाएको छ । भारत सरकारसँग मल खरिदका लागि पाँच वर्षका लागि सम्झौता गर्नेगरी निर्णय भएको बताइएको छ । पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरिद हुने छ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको कृषिमन्त्री महिन्द्र राय यादवले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला यसबार