धनगढी : सुदूरपश्चिम प्रदेशमा आत्महत्याले भयावह रुप लिँदै गएको छ।प्रदेशमा वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। गत ५ वर्षको तथ्यांक हेर्ने हो भने प्रदेशका सबै जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको देखिएको छ।मानसिक समस्या, घरेलु हिंसा, गरिबी, अनैतिक सम्बन्ध र त्यसले ल्याउने निराशाका कारण आत्महत्या हुने गरेको प्रहरी बताउँछ।पछिल्ला ५ वर्षमा सुदूरपश्चिमका ९ जिल्लामा २ हजार ६ सय ४५ जनाले आत्महत्या गरेको विवरण प्रहरीले दिएको छ। यो तथ्यांकले प्रदेशमा औसतमा दैनिक २ जनाले देहत्याग गर