गर्मीमा अपनाउने सानो सावधानीले ठूलो जोखिम टर्छ

जाडो र गर्मीमा छुट्टै किसिमका बिरामीहरु हुन्छन् । गर्मीमा किटाणुले फैलाउने संक्रमण, ज्वरो सम्बन्धी रोगहरु बढी हुन्छ । यसकारण अहिले गर्मीमा यस्ता रोगहरु बढी देखिने हुन्छ । गर्मीमा धुलो तथा वातावरण प्रदूषण पनि बढी हुने हुनाले यस्ता रोगीहरु बढी हुने गर्छन् । गर्मी महिनामा देखिने रोगहरुले शारीरिकदेखि मानसिक रोगहरु पनि बढ्ने गर्छ । गर्मीको समयमा प्रत्यक्षरुपमा बाहिर निस्केर काम गर्नुपर्ने पसले, ज्यामी, मजदुर, किसानलाई बढी असर पर्छ । घरभित्र बस्नेलाई गर्मीले त्यति फरक पर्दैन । घर बाहिर काम गर्ने मान्छेलाई भने एकदमै फरक पार्छ । गर्...