गर्मी महिना सुरु भएदेखि विभिन्न अस्पतालमा बालरोगी बढ्दै गएको बालरोग विशेषज्ञहरू बताउँछन् । राजधानीको कान्ति बाल अस्पतालमा ओपीडी र इमर्जेन्सीमा गरी दैनिक सरदर ५०० बालबालिका उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ ।अस्पतालमा जाडो महिनाको तुलनामा गर्मी महिनामा सरुवाजन्य रोगका बिरामीको चाप बढ्ने बालरोग विशेषज्ञ डा. अनिलकुमार श्रेष्ठ बताउँछन् । गर्मी याममा कीटाणुको सक्रियता बढ्ने भएकाले विभिन्न रोग तथा सङ्क्रमण बढ्ने उनी बताउँछन् ।मनसुन महिनामा भाइरस, ब्याक्टेरिया लगायतका सूक्ष्म कीटाणु सक्रिय र