इलाम : विद्यार्थीहरूलाई वैज्ञानिक तथा व्यावहारिक शिक्षातर्फ उत्प्रेरित गर्न सूर्योदय नगरपालिकाले विज्ञान तथा गणित प्रदर्शनी र प्रतियोगिता गरेको छ। नगरको १२ महिना १२ कार्यक्रमअन्तर्गत आयोजित प्रदर्शनीमा विद्यालयस्तरीय विज्ञान तथा गणित प्रतियोगिता गरिएको थियो।विद्यालय र विद्यार्थीले प्रदर्शनीमा गणित र विज्ञानका व्यावहारिक पक्ष झल्कने सामग्री निर्माण गरी प्रदर्शनीमा राखेका थिए। स्थानीय स्तरमा उपलब्ध सामग्रीबाट निर्माण गरिएका गणित र विज्ञानका व्यावहारिक पक्ष झल्किने वस्तुले विद्यार्थीलाई व