काठमाडौँ- मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रम भावुक हुँदै आँसु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो । उनले मन्त्रालयमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए । भावुक भएकी मन्त्री झाँक्रीले […]
शहरी विकास मन्त्री रामकुमारी झाँक्री र कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीबीच भेटवार्ता भएको छ । कार्कीलाई भेट्न झाँक्री सर्वोच्च पुगेकी थिइन् । मन्त्री झाँक्रीले भेटका क्रममा आयोजना र विकास निर्माणसँग सम्बन्धित विचाराधीन मुद्दालाई छिटो टुंगो लगाइदिन आग्रह गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।कार्कीले आफूले सम्भव भएसम्म सहयोग गर्ने, छिटो टुंगो लगाउन सकिने रहेछ भने मुद्दा फाँटबाट प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छन् । अमेरिकाको न्युयोर्कस्थित युएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिए । युएन ह्वाबिटेट अन्तर्गत सञ्चालित ‘न्यू अर्बन एजेन्डा २०१५ को कार्यान्वयनको […]
सहरी विकासमन्त्री रामकुमारी झाँक्री वीर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । एक साताको उपचारपछि उनी बुधबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।
संक्रमणको उच्च जोखिम कायम रहेको भन्दै उनले चिकित्सकको सल्लाहअनुसार अझै केही दिन...
सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन्। निमोनिया र ज्वरो आएपछि मन्त्री झाँक्रीलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए।
“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि...
काठमाडौं । राज्यविरुद्धको अपराधमा पक्राउ परेकी नेकपा (प्रचण्ड–नेपाल) समूहकी नेत्री रामकुमारी झाँक्री रिहा हुनुभएको छ । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई हिरासतमा लिएको पाँच घण्टापछि प्रहरीले रिहा गरेको हो ।
प्रहरीले झाँक्रीलाई महाशाखाको कार्यालयमै रहेका उहाँका पति पशुपति पुरीको जिम्मा लगाएर रिहा गरेको हो। गोर्खाको एक आमसभामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गरेको भाषणलाई लिएर झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उहाँकै निवासबाट पक्राउ गरिएको थियो ।
झाँक्री पक्राउको विरोधमा चौतर्फी बिरोध र दबाब परेपछि प्रहरीले बिहीबार साँझ रिहा गरेको हो । रिहाई भएपछि समर्थकहरुलाई सम्बोधन गर्दै नेत्री झाँक्रीले सरकारले पूर्वाग्रहका कारण आफूलाई गिरफ्तार गरेको भन्दै अब प्रतिगमनको दिनगन्ती सुरु भएको बताउनुभयो ।