काठमाडौं । राज्यविरुद्धको अपराधमा पक्राउ परेकी नेकपा (प्रचण्ड–नेपाल) समूहकी नेत्री रामकुमारी झाँक्री रिहा हुनुभएको छ । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई हिरासतमा लिएको पाँच घण्टापछि प्रहरीले रिहा गरेको हो ।
प्रहरीले झाँक्रीलाई महाशाखाको कार्यालयमै रहेका उहाँका पति पशुपति पुरीको जिम्मा लगाएर रिहा गरेको हो। गोर्खाको एक आमसभामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गरेको भाषणलाई लिएर झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उहाँकै निवासबाट पक्राउ गरिएको थियो ।
झाँक्री पक्राउको विरोधमा चौतर्फी बिरोध र दबाब परेपछि प्रहरीले बिहीबार साँझ रिहा गरेको हो । रिहाई भएपछि समर्थकहरुलाई सम्बोधन गर्दै नेत्री झाँक्रीले सरकारले पूर्वाग्रहका कारण आफूलाई गिरफ्तार गरेको भन्दै अब प्रतिगमनको दिनगन्ती सुरु भएको बताउनुभयो ।