सहरी विकासमन्त्री झाँक्री अस्पतालबाट डिस्चार्ज

सहरी विकासमन्त्री रामकुमारी झाँक्री वीर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । एक साताको उपचारपछि उनी बुधबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।  संक्रमणको उच्च जोखिम कायम रहेको भन्दै उनले चिकित्सकको सल्लाहअनुसार अझै केही दिन...

सम्बन्धित सामग्री

सहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण

निर्वाचन आयोगले चार मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आचारसंहिता विपरीत खाद्यान्न वितरण गरेको भन्ने विषयमा सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।आयोगले मन्त्री चौधरीले चामल वितरण गरेको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयवस्तुप्रति ध्यानाकर्षण गराउँदै निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले […]

सहरी विकासमन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता

काठमाडाैँ- सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरेका छन्। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्दै यसअघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको स्कर्पियाे गाडी फिर्ता गरेका हुन्। निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले गाडी फिर्ता गरेकाे प्रेस संयोजक सूर्य विसीले जानकारी दिए।

सहरी विकासमन्त्री मेटमणि चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरू विदेश पलायन हुनु नहुने बताएका छन् ।बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरूसँग मन्त्री कार्यक्रमअन्तर्गत भएको सहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरू बिदेसिनु नहुने बताएका हुन् । उनले इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीहरूलाई आग्रह गरे । उनले मुलुक […]

मन्त्री पदबाट हट्दा पनि हाँसेरै जान्छु : सहरी विकासमन्त्री चौंधरी

३ साउन, काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौंधरीले मन्त्री पदबाट हटदा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढि हाँसेर जाने बताएका हुन् । बैठकमा सांसदहरुले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी […]

क्षमताअनुसार काम गर्छु, पदको दुरुपयोग गर्दिनँ : सहरी विकासमन्त्री चौधरी

१३ असार, काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् । आइतबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका सहरी विकासमन्त्री चौधरीले भने, ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु । यो पदको दुरुपयोग गर्दिनँ ।’ छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले आफूले रफ्तारमा काम गर्ने […]

सहरी विकासमन्त्री झाँक्रीले सार्वजनिक गरिन् मंगलम वायरसेफ

काठमाडौँ – मंगलम इण्डस्ट्रिज प्रालिले सातौँ नेपाल बिल्डकन एक्स्पोमा ‘मंगलम वायरसेफ’ लन्च गरेको छ। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मंगलम वायरसेफको अनावरण गरेकी हुन्। भृकुटीमण्डपमा आयोजित नेपाल बिल्डकन एक्स्पोमा मंगलमको पनि सहभागिता रहेको छ। वायरसेफ एफआरएलएस विद्युतीय कन्ड्युट पाइप हो। मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, ‘हामीले विद्युत चुहावटका कारण सर्ट सर्किट र अन्य दुर्घटनाका […]

सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै

काठमाडाैं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ । गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असाेजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असाेजमा १६ मन्त्री […] The post सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै

सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् । उनी आज १०० दिने प्रगति सार्वजनिक गर्न लागेकी हुन् ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निमोनिया, वीर अस्पताल भर्ना

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया भएपछि उनी वीर अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् । ‘मन्त्रीज्यू अस्वस्थ हुनुभएको छ’, मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले भने । बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । The post सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निमोनिया, वीर अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नवनियुक्त सहरी विकासमन्त्री झाँक्रीले गरिन् पदभार ग्रहण (फोटोफिचर)

काठमाडौं, २२ असोज । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदभार ग्रहण गरेकी छिन् । शितलनिवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम