काठमाडौं, २१ असार । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आगामी असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेर बाकी रहेको शेयर मध्ये ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्ने जनाएको […]
बरुण हाइड्रोले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बरुण हाइड्रोले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । हकप्रद शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीले यस अघि पनि हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो ।कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएर बोर्डबाट निष्काशन अनुमति पाएको हो।
काठमाडौं, १० चैत्र । बलेफी हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी चैत्र १६ गतदेखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि १० लाख २७ हजार ९७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ । चैत्र […]
नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडले आगामी ४ वर्षभित्र ऋण तिर्ने बताएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थालाई चालू आवको तेस्रो त्रैमासिकसम्म रू. ५४ करोड तिर्न बाँकी छ । कम्पनीले निर्माण गरिरहेको ४.५ मेगावाटको सुनकोसी जलविद्युत् परियोजना आगामी दुई वर्षभित्र पूरा भएको खण्डमा उक्त ऋण चुक्ता गर्न सकिने सञ्चालक समितिका सदस्य प्रकाश रजौरियाले बताएका छन् ।
अघिल्लो सञ्चालक समितिले संस्थागत मान्यताअनुरूप काम नगर्दा कम्पनीको आर्थिक स्वास्थ्य बिग्रेको आरोप रजौरियाले लगाएका छन् । दुई वर्षअघि रू. ६ सय रहेको कम्पनीको प्रतिकित्ता सेयर मूल्य हाल रू ५० मा झरेको छ । तत्कालीन सञ्चालकहरूका कारण सेयरको भाउ अस्वाभाविक बढेको र वित्तीय विवरण सार्वजनिक नगरकाले पुनः समस्या देखिएको रौजियारले बताए । तर, कम्पनीको अवस्थामा सुधार आइसकेको छ । ‘त्यसैले लागनीकर्ताले आत्तिएर सेयर बेच्नुपर्ने अवस्था छैन,’ रजौरियाले भने ।
नेसनल हाइड्रोले सुनकोसी परियोजनामा रू. ३५ करोड लगानी गरेको छ । यसमा नेसनलको ८२ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । हाल नेसनलको कन्र्सोटियम (वित्तीय संस्थाहरूको संयुक्त लगानी) को रूपमा नबिल बैंकले काम गरिरहेको छ । यसअिघ नेपाल बांगलादेशले कन्सोर्टियमको काम गरेको थियो । नेसनल हाइड्रो एनबी समूहद्वारा प्र्रवर्धित कम्पनी भए पनि हाल यसको स्वामित्व एनबी समूहमा नरहेको रजौरियाले बताए ।
वर्ष ५, अंक ४२, २०६७, असार ७–१३
निर्माणाधीन हाइड्रोबाट प्रभावित रघुगंगा गाउँपालिका–४ र ७ वडास्थित दग्नाम, दरमिजा र चिमखोलाका जनता सामाजिक उत्तरदायित्वअन्तर्गत सुविधाबाट वञ्चित भएका छन् । रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रगतिको समीक्षा एवं सार्वजनिक सुनुवाइमा उपस्थित रघुगंगाबासीले गाउँपालिकाले हाइड्रोसँंग गरेको सम्झौताअनुसार प्रभावित जनताले पाउने सुविधा समयमै उपलब्ध नभएको बताएका हुन् ।रघुगंगा गाउँपालिका–४ दग्नामका कृष्ण गर्वुजाले हाइड्रोले सम्झौताअनुसार प्रभावित […]
नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडले आगामी ४ वर्षभित्र ऋण तिर्ने बताएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थालाई चालू आवको तेस्रो त्रैमासिकसम्म रू. ५४ करोड तिर्न बाँकी छ । कम्पनीले निर्माण गरिरहेको ४.५ मेगावाटको सुनकोसी जलविद्युत् परियोजना आगामी दुई वर्षभित्र पूरा भएको खण्डमा उक्त ऋण चुक्ता गर्न सकिने सञ्चालक समितिका सदस्य प्रकाश रजौरियाले बताएका छन् ।
अघिल्लो सञ्चालक समितिले संस्थागत मान्यताअनुरूप काम नगर्दा कम्पनीको आर्थिक स्वास्थ्य बिग्रेको आरोप रजौरियाले लगाएका छन् । दुई वर्षअघि रू. ६ सय रहेको कम्पनीको प्रतिकित्ता सेयर मूल्य हाल रू. ५० मा झरेको छ । तत्कालीन सञ्चालकहरूका कारण सेयरको भाउ अस्वाभाविक बढेको र वित्तीय विवरण सार्वजनिक नगरकाले पुनः समस्या देखिएको रजौरियाले बताए । तर, कम्पनीको अवस्थामा सुधार आइसकेको छ । ‘त्यसैले लागनीकर्ताले आत्तिएर सेयर बेच्नुपर्ने अवस्था छैन,’ रजौरियाले भने ।
नेसनल हाइड्रोले सुनकोसी परियोजनामा रू. ३५ करोड लगानी गरेको छ । यसमा नेसनलको ८२ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । हाल नेसनलको
कन्सोर,टियम (वित्तीय संस्थाहरूको संयुक्त लगानी) को रूपमा नबिल बैंकले काम गरिरहेको छ । यसअिघ नेपाल बांगलादेशले कन्सोर्टियमको काम गरेको थियो । नेसनल हाइड्रो एनबी समूहद्वारा प्रवर्धित कम्पनी भए पनि हाल यसको स्वामित्व एनबी समूहमा नरहेको रजौरियाले बताए ।
वर्ष ५, अंक ४२, २०६७, असार ७–१३