नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडले आगामी ४ वर्षभित्र ऋण तिर्ने बताएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थालाई चालू आवको तेस्रो त्रैमासिकसम्म रू. ५४ करोड तिर्न बाँकी छ । कम्पनीले निर्माण गरिरहेको ४.५ मेगावाटको सुनकोसी जलविद्युत् परियोजना आगामी दुई वर्षभित्र पूरा भएको खण्डमा उक्त ऋण चुक्ता गर्न सकिने सञ्चालक समितिका सदस्य प्रकाश रजौरियाले बताएका छन् ।
अघिल्लो सञ्चालक समितिले संस्थागत मान्यताअनुरूप काम नगर्दा कम्पनीको आर्थिक स्वास्थ्य बिग्रेको आरोप रजौरियाले लगाएका छन् । दुई वर्षअघि रू. ६ सय रहेको कम्पनीको प्रतिकित्ता सेयर मूल्य हाल रू ५० मा झरेको छ । तत्कालीन सञ्चालकहरूका कारण सेयरको भाउ अस्वाभाविक बढेको र वित्तीय विवरण सार्वजनिक नगरकाले पुनः समस्या देखिएको रौजियारले बताए । तर, कम्पनीको अवस्थामा सुधार आइसकेको छ । ‘त्यसैले लागनीकर्ताले आत्तिएर सेयर बेच्नुपर्ने अवस्था छैन,’ रजौरियाले भने ।
नेसनल हाइड्रोले सुनकोसी परियोजनामा रू. ३५ करोड लगानी गरेको छ । यसमा नेसनलको ८२ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । हाल नेसनलको कन्र्सोटियम (वित्तीय संस्थाहरूको संयुक्त लगानी) को रूपमा नबिल बैंकले काम गरिरहेको छ । यसअिघ नेपाल बांगलादेशले कन्सोर्टियमको काम गरेको थियो । नेसनल हाइड्रो एनबी समूहद्वारा प्र्रवर्धित कम्पनी भए पनि हाल यसको स्वामित्व एनबी समूहमा नरहेको रजौरियाले बताए ।
वर्ष ५, अंक ४२, २०६७, असार ७–१३