जगदम्बाको जस्तापाता उद्योग उद्घाटन, दुई किसिमका उत्पादन हुने
उद्योगमा दुई किसिमका सुपर साइन (रंगीन जस्तापाता) र ग्याल्भा प्लस (सादा जस्तापाता)को उत्पादन हुने कम्पनीले जनाएको छ । सुपर साइन र ग्याल्भा प्लसले जस्तापाता उत्पादनमा नयाँ आयाम खडा गर्ने कम्पनीको विश्वास छ ।
निर्माण क्षेत्रमा अत्यावश्यक फलामे छड, डण्डी, रेलिङ, जस्तापाता जस्ता सामग्री उत्पादन गर्ने दुईथरी उद्योग छन् । एकथरी उद्योगले स्पन्ज आयात तथा स्क्य्राप (पत्रु फलाम) सङ्कलन गरेर आफै बिलेट बनाउँछन् र त्यसलाई थप प्रशोधन गरी फलामे छड/डण्डी उत्पादन गर्छन् ।
काठमाडौं । नेपालमा सन् १९८१ देखि ग्रीनफिल्ड भेन्चर कोमक्राफ्ट र गोल्छा समूहले संयुक्त रुपमा सञ्चालन गरेको हुलास स्टीलले १३४८ जनालाई हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम दिने भएको छ । यसको साझेदारी नेपाल उद्योग परिसंघ र मेक ईन नेपाल (स्वदेशी) अभियानले गरेको छ ।
कार्यक्रमलाई दिवाकर गोल्छा कर्परेशन अन्तर्गत हुलास स्टील उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रुपमा कार्यान्वयन गर्दै आईरहेको छ । यस कार्यक्रमले १३४८ जनालाई श्रम बजारको माग अनुरुप तालिम र रोजगार दिन लागेको हो ।
“गुराँस“ छाप कर्कट जस्तापाता, अलुमिनियुम पाईप र स्टील संरचना उत्पादनको उच्च गुणस्तरताको रुपमा चिनिने गरेको छ । हिप्को सुपरबिल्ड हुलास स्टील कै एउटा नविन उद्योगको रुपमा रहेको छ । हिप्को सुपरबिल्ड स्टील संरचना उत्पादन गर्ने पहिलो उद्योग र सम्पूर्ण स्टील उत्पादन क्षमता भएको मुलुककै एक मात्र उद्योगको रुपमा रहेको छ । यस उद्योगको उत्पादनबाट नेपालभर ठुला स्टील संरचनाका व्यवसायिक भवन, भण्डारण, सोरुम, पोल्ट्री फार्म र हवाई ह्याङ्गरहरु बनेका छन् ।
हुलास स्टील – हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रमले नेपालको श्रम बजारको प्रमुख चुनौतिहरुलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सीप कार्यक्रम नेपालको लुम्बिनी र मधेश प्रदेशमा कार्यान्वयन हुँदै आएको छ ।
तालिम सात दिनको अवधि भरि रहने छ । भने तालिम बिरगंज महानगरपालिका वडा नं ३१ बेलवा परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा दिन लागिएको हो । यो तालिम बिशेष गरि स्टील / फलामका श्रमिक, महिला, अति निम्न आय भएका व्यक्ति र बिपन्न वर्गलाई लक्षित गरिएको जनाईएको छ ।
तालिममा नेपाली नागरिकता भएका तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशमा स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेकाहरु सहभागी हुन सक्नेछन् । असार २०८० देखि कार्तिकसम्म सञ्चालन हुने तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरुलाई आफ्नो व्यवसायको माग अनुसारको दक्ष कामदार प्रदान गर्दछ ।
ईच्छुक र योग्य व्यक्तिहरुले कृपया यहाँ दिएको फारम भर्न सक्नु हुनेछ ।
अशोककुमार वैद नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष हुन् । विगतमा वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशको उपाध्यक्ष भइसकेका वैदसँग उद्योग व्यापार क्षेत्रको लामो अनुभव छ । उद्योग व्यापार क्षेत्रमा देखिएका वर्तमान समस्या र समाधानका उपायका बारेमा आर्थिक अभियानले वैदसँग गरेको कुराकानीको सार :
अर्थतन्त्र संकटमा परेको भन्दै चौतर्फी चिन्ता प्रकट भइरहेको सुनिन्छ । हामी आर्थिक रूपमा यति अस्थिर हुनुको कारण के हो जस्तो लाग्छ ?
विगत २५ वर्षमा २० जना प्रधानमन्त्री फेरिनु राजनीतिक अस्थिरताको सूचक हो । सरकार परिवर्तन हुनासाथ नीतिनियम र कर्मचारी परिवर्तन हुन्छन् । उद्यम व्यापारमा सरकारको दीर्घकालीन नीति छैन । विश्वासको वातावरण छैन । विश्वासको वातावरण सृजना भएमा मात्रै आन्तरिक र विदेशी लगानी आउन सक्दछ । उद्योग व्यापारबाट सरकारले आयको २० देखि २५ प्रतिशतसम्म कर लिन्छ । यस अर्थमा उद्योगी व्यवसायी र सरकार साझेदार हुन् । सरकार नाफाको साझेदार हो भने यो कुरा सरकारले बुझिदिनुपर्दछ । एकअर्काप्रति विश्वासको वातावरण हुनु जरुरी छ । तर यसो हुन सकेको छैन । हाम्रो देशमा भूमिको वर्गीकरण छैन । यसको वर्गीकरण आवश्यक छ । हरेक हप्ताजसो नेपाल राष्ट्र बैंक र आन्तरिक राजस्व विभागको नयाँ नयाँ परिपत्र आउँदा अस्थिरता भएको छ । सरकार परिवर्तन हुनासाथ नीतिनियम परिवर्तन हुँदा समस्या भएको छ । राजनीतिक अस्थिरता आर्थिक संकटको सूत्रधार हो ।
तपाईंले पूर्वाधार विकासका कुरा निकै उठाउने गर्नुभएको छ । यसको अवस्था कस्तो पाउनुभएको छ ?
पूँजीगत खर्च भएन भने देशको विकास हुँदैन । पूर्वाधारको भूमिका महŒवपूर्ण हुन्छ । हामीकहाँ ५ वर्षका योजना ३ दशकसम्म सकिएका हुँदैनन् । विकास योजनामा संकटकाल लगाएर भए पनि गति दिनुपर्दछ । काठमाडौं तराई द्रुतमार्ग, निजगढ विमानस्थलजस्ता योजना अलपत्रजस्तै छन् । सात प्रदेशमा प्रदूषणरहित सातओटा नयाँ शहर निर्माण शुरू गर्नुपर्दछ । त्यसले रोजगारी सृजना हुन्छ र विकासको कार्यले द्रुत गति लिन्छ । नयाँ नयाँ विमानस्थल बनाउने योजना आउनुपर्दछ । पूर्व–पश्चिम रेलमार्गको काम अघि बढाउनुपर्दछ । त्यसले विद्युत् पनि खपत हुन्छ । डिजेल र पेट्रोलको खपत न्यून हुन्छ । स्रोतसाधनको उपयोग हुन नसक्दा हामी सम्भावनामा धनी देशका गरीब भएको नागरिक भएका छौं ।
निजीक्षेत्र सरकारप्रति सधैं सशंकित देखिन्छ । किन विश्वासको वातावरण बन्न नसकेको हो ?
हाल उद्योगी व्यवसायीमा सरकारप्रतिको विश्वास हटेको छ । सरकारले विश्वासको वातावरण बनाउन जरुरी छ । हाल निर्माणसम्बन्धी उद्योग र त्यसमा आधारित उद्योगको उत्पादन २५ प्रतिशतमा झरेको छ । केही सिमेन्ट र फलाम उद्योग बन्द भइसकेका छन् । खपतभन्दा उत्पादन बढी हुनु यसको मूल समस्या हो ।
अध्ययन गरेर मात्र कुनै पनि उद्योगलाई सञ्चालनको अनुमति दिनुपर्दछ । एकद्वार प्रणालीको कुरा भाषणमा मात्र आउँछ, कार्यान्वयनमा देखिँदैन । एउटा उद्योग सञ्चालनमा ल्याउने प्रक्रिया पूरा गर्न २ वर्ष लाग्छ । एउटा वडाध्यक्षले पनि चौहदी र वातावरण प्रक्रियाका लागि महीनौं काम रोक्न सक्दछ । यसको निकास हुनुपर्दछ । उद्योगको टे«डमार्क लिन दुई वर्षसम्म लाग्दछ । यसबाट उद्योगको लागत बढ्दै जान्छ । यो सब प्रणाली र प्रक्रियाको समस्या हो । यसको समाधान गरिनुपर्दछ ।
अहिले ब्याजदरको समस्या निकै जोडतोडले उठिरहेको छ । यसको समाधान कसरी हुन सक्ला ?
अहिले बैंकहरूमाथि नियमन जरुरी छ । राष्ट्र बैंकको नियमबाहेक बैंकहरूले विभिन्न शीर्षकमा शुल्क लिने गरेको छ । बैंकहरूले कर्जा लगानी गरेका उद्योग नोक्सानीमा छन् । तर बैंकहरू धेरै नाफामा छन्, किन ? ब्याजदर एकल अंकमा झार्नुपर्दछ ।
हामीकहा“ विदेशी लगानी किन अपेक्षित रूपमा आउन नसकेको होला ?
विदेशी लगानी किन आउँछ ? यहाँ मुद्दा खेप्न आउने हो र ? विदेशी लगानीका धेरै उद्योगले अदालतमा मुद्दा झेलिरहेका छन् । केही उद्योगीले आफ्नो स्वार्थका लागि व्यापारसम्बन्धी अन्तरराष्ट्रिय कानूनको उल्लंघन गरी मुद्दा गरेका छन् । विदेशी लगानी आकर्षित गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी यस्ता मुद्दा फछ्र्योट गर्न सकिन्छ । स्टार्टअपको प्रवर्द्धन भाषण र कागजमा मात्र सीमित छ । त्यसका लागि सरकारले ठोस कदम चाल्नुपर्दछ । आत्मनिर्भर उद्योगलाई राष्ट्रिय उद्योग घोषणा गर्नुपर्दछ । उदाहरणका लागि सिमेन्ट, फलाम, जस्तापाता, रङरोगन, मैदा, तेल उद्योगहरू छन् । त्यस्ता उद्योगका उत्पादित सामानमा काउन्टरभेलिङ शुल्क लगाउनुपर्दछ ।
निकासी अभिवृद्धिका कुरा निकै सुनिन्छ । तर हामीकहा“ वास्तविक उत्पादनको निकासी नै छैन भनिएको छ । किन यस्तो भएको हो ?
निर्यात बढाउन सरकारले ठोस नीति ल्याउनुपर्दछ । सिमेन्ट उद्योगलाई पुनर्जीवित गर्न ८ प्रतिशत अनुदान र विद्युत्मा ५० प्रतिशत छूट दिनुपर्दछ । अनुदानको भुक्तानी बैंकमा प्राप्त हुनासाथ निर्यातकर्ताको खातामा आउने व्यवस्था हुनुपर्दछ । लचिलो श्रम नीति ल्याउनुपर्दछ ।
अर्थतन्त्रलाई गति दिन के गर्नुपर्दछ ?
पर्यटन उद्योगमा स्टार्टअपलाई कम्तीमा ७ वर्षको आयकर छूट दिनुपर्दछ । घरजग्गा कारोबार लचिलो गर्नुपर्छ । उधारो असुलीसम्बन्धी कानून ल्याउन अत्यावश्यक भइसकेको छ । सरकारले निर्माण व्यवसायीको भुक्तानी समयमा गर्नुपर्दछ । विशेष आर्थिक क्षेत्रहरूको पूर्ण सञ्चालनका लागि निर्यातमूलक बाहेक अन्य उद्योगलाई पनि खुला गर्नुपर्दछ । हामीकहाँ धार्मिक र प्राकृतिक दुवै खालको पर्यटनको सम्भावना छ । विद्युत् उत्पादनमा लगानी गरी बृहत् परिमाणमा उत्पादन, खपत र निर्यात गर्नुपर्दछ । यसबाट व्यापारघाटा कम गर्न सकिन्छ । कृषि अर्थतन्त्रको मेरुदण्ड हो । कृषिलाई बढावा दिनुपर्दछ । हिमाली र पहाडी भेगमा दुर्लभ जडीबुटी छन् । त्यसलाई प्रशोधन र निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
भदौ १३, वीरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टील प्रालि परिसरका उद्योगमा स्थानीयले गरेको तोडफोडको घटनाको जीतपुर सिमरा उद्योग वाणिज्य संघले निष्पक्ष छानविनको माग गरेको छ ।
संघले आइतवार विज्ञप्ति निकालेर उद्योग तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो । उद्योग परिसरमा रहेको जस्तापाता उत्पादन गर्ने युनिटमा ग्यास चुहिएको भन्दै आक्रोशित स्थानीयले शुक्रवार तोडफोड गरेपछि सो युनिटको उत्पादन बन्द भएको छ ।
उद्योगले व्यवसायजन्य सुरक्षामा लापरवाही गर्दै आएको र उद्योगका कारण स्थानीय असुरक्षित भएको भन्दै तोडफोड गरेका थिए । तोडफोड नियन्त्रणमा लिन उद्योग परिसरमा पुगेको प्रहरीलाई समेत स्थानीयले लखेटेका थिए । उद्योगले प्रहरी प्रशासनदेखि नेतासमेतलाई प्रभावमा पारेर उद्योगका कामदार र स्थानीयको सुरक्षामा बारम्बार खेलवाड गरेको आरोप उनीहरूको थियो ।
उद्योगका सञ्चालक पवन गुप्ताले तोडफोडका कारण उद्योगको स्वचालित उकरण र कम्युटरहरूमा क्षति पुगेको बताए । बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याउन कम्तीमा दुई महीना समय लाग्ने सञ्चालक गुप्ताले जानकारी दिए ।
जस्तापता बनाउन प्रयोग हुुने अमोनिया ग्यासको ट्यांकरबाट ग्यास चुहिएको गुप्ताले बताए । ग्यास चुहावट तत्कालै नियन्त्रणमा लिए पनि स्थानीयले उद्योग परिसरमा प्रवेश गरेर तोडफोड गरेको गुनासो उद्योग व्यवस्थापनको छ । उद्योग प्रवेशद्वारमा स्थानीयले ताला लगाइदिएका छन् ।
जगदम्बा स्टील परिसरमा ८ ओटा बेग्लाबेग्लै युनिट छन् । अन्य युनिटमा पनि तोडफोड भएको छ । उद्योगका उकपरण, सवारी साधन, झ्यालढोकामा क्षति पुगेको संघको विज्ञप्तिमा उल्लेख छ । संघका अध्यक्ष सञ्जयकुमार साहले जारी गरेको विज्ञप्तिमा उद्योगमा भएको सो दुर्घटनालाई गम्भीर रुपमा लिइनुपर्ने उल्लेख छ ।
‘दुर्घटनाका पर्याप्त छानविन हुनु पर्दछ । भविष्यमा अन्य औद्योगिक प्रतिष्ठानमा त्यस्ता दुर्घटना नदोहारोरिउन् भन्नेमा विशेष सतर्कता अपनाउनु पर्दछ,’ अध्यक्ष साहले भनेका छन्, ‘यदि उद्योगको लापरवाहीका कारण दुर्घटना भएको हो भने संलग्नलाई कारवाही हुनु पर्दछ । तर, दुर्घटनाको आधारमा औद्योगिक वातावरण बिथोलिने गरी उद्योगमा अराजकता निम्त्याउनु नाजायज छ ।’
उद्योग परिसरमा ग्यास चुहावट र त्यसको निहुँमा भएको तोडफोड दुवै घटनाको जाँचबुझ गरेर दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन संघले माग गरेको छ ।
उद्योगले विगत लामो सयमदेखि स्थानीयबासिन्दाको सुरक्षा र स्वास्थ्य संवेदनशीलतालाई बेवास्ता गर्दै आएको स्थानीय नागरिक सुरक्षा सरोकार समितिका संयोजक मनोज पौडेलको भनाइ छ । ‘उद्योगले प्रदुषण नियन्त्रणमा पटकपटक गरेको प्रतिबद्धता पालना नगरेको र सुरक्षाका मापदण्डमा लापरवाही गर्दा उद्योगका कामदार कर्मचारीसँगै स्थानीय जोखिममा परेका छन्,’ संयोजक पौडेलको भनाइ छ ।
उद्योगकै लापरवाहीका कारण बेलाबेलामा स्थानीयसँग द्वन्द्व भइरहेको उनको दाबी छ । उद्योगका सञ्चालक गुप्ता भने उद्योगले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पूरा गरेको बताउँछन् ।
काठमाडौँ / बाराको सिमरामा रहेको जगदम्बा स्टिल्स उद्योगले रु सात अर्ब लागतमा जस्तापाता उद्योग स्थापना गरी सञ्चालनमा ल्याएको छ । उद्योगले रङ्गीन जस्तापाता र सादा
काठमाडौं (अस) । जगदम्बा स्टिलका संस्थापक अध्यक्ष शंकरलाल अग्रावालले कम्पनीले ल्याउँदै गरेको नयाँ उत्पादन जगदम्बा सुपर साइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) उद्योगको आधिकारिक उद्घाटन गरेका छन् ।
अत्याधुनिक प्रविधियुक्त उद्योग बाराको सिमरामा छ । सीआरएम मिलको जटिल डिजाइन, जडान कार्य, कमिसनिङ कम्पनीका उपाध्यक्ष प्रभात मिश्राद्वारा गरिएको बताइएको छ । उनी ग्याल्भालुम तथा कलर कटिङ उत्पादन प्रविधि विज्ञ हुन् ।
जगदम्बा स्टिलले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्तापाता भित्र्याउने तयारी गरिरहेको छ ।
जगदम्बा सुपर साइन तथा ग्याल्भा प्लस जस्तापाता उत्पादनले नयाँ आयाम ल्याउनेमा कम्पनी विश्वस्त छ ।
विभिन्न रंगको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर साइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भाप्लस नाम दिइएको हो ।
नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाइन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर साइन तथा ग्याल्भाप्लस अन्य साधारण जस्तापाताको तुुलनामा अधिक मजबुुत र टिकाउ हुने कम्पनीको भनाइ छ ।