१३४८ जनालाई स्टील फ्याब्रिकेशन तालिम दिंदै  हुलास स्टील

काठमाडौं । नेपालमा सन् १९८१ देखि ग्रीनफिल्ड भेन्चर कोमक्राफ्ट र गोल्छा समूहले संयुक्त रुपमा सञ्चालन गरेको हुलास स्टीलले १३४८ जनालाई हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम दिने भएको छ । यसको साझेदारी नेपाल उद्योग परिसंघ र मेक ईन नेपाल (स्वदेशी) अभियानले गरेको छ ।  कार्यक्रमलाई दिवाकर गोल्छा कर्परेशन अन्तर्गत हुलास स्टील उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रुपमा कार्यान्वयन गर्दै आईरहेको छ । यस कार्यक्रमले १३४८ जनालाई श्रम बजारको माग अनुरुप तालिम र रोजगार दिन लागेको हो । “गुराँस“ छाप  कर्कट जस्तापाता, अलुमिनियुम पाईप र स्टील संरचना उत्पादनको उच्च गुणस्तरताको रुपमा चिनिने गरेको छ ।  हिप्को सुपरबिल्ड हुलास स्टील कै एउटा नविन उद्योगको रुपमा रहेको छ । हिप्को सुपरबिल्ड स्टील संरचना उत्पादन गर्ने पहिलो उद्योग र सम्पूर्ण स्टील उत्पादन क्षमता भएको मुलुककै एक मात्र उद्योगको रुपमा रहेको छ । यस उद्योगको उत्पादनबाट नेपालभर ठुला स्टील संरचनाका व्यवसायिक भवन, भण्डारण, सोरुम, पोल्ट्री फार्म र हवाई ह्याङ्गरहरु बनेका छन् । हुलास स्टील – हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रमले नेपालको श्रम बजारको प्रमुख चुनौतिहरुलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सीप कार्यक्रम नेपालको लुम्बिनी र मधेश प्रदेशमा कार्यान्वयन हुँदै आएको छ ।  तालिम सात दिनको अवधि भरि रहने छ । भने तालिम बिरगंज महानगरपालिका वडा नं ३१ बेलवा परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा दिन लागिएको हो । यो तालिम बिशेष गरि स्टील / फलामका श्रमिक, महिला, अति निम्न आय भएका व्यक्ति र बिपन्न वर्गलाई लक्षित गरिएको जनाईएको छ । तालिममा नेपाली नागरिकता भएका तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशमा स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेकाहरु सहभागी हुन सक्नेछन् । असार २०८० देखि कार्तिकसम्म सञ्चालन हुने तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरुलाई आफ्नो व्यवसायको माग अनुसारको दक्ष कामदार प्रदान गर्दछ ।  ईच्छुक र योग्य व्यक्तिहरुले कृपया यहाँ दिएको फारम भर्न सक्नु हुनेछ ।

सम्बन्धित सामग्री

हुलास स्टिल दिवसमा २१९ जनाले गरे रक्तदान

काठमाडौं । बाराको सिमरामा रहेको हुलास स्टील इण्डष्ट्रिज लिमिटेडले रक्तदान कार्यक्रम आयोजना गरेको छ । उद्योगका संस्थापक एवम् सञ्चालक स्व.दिवाकर गोल्छाको ७०औं जन्मजयन्तीको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै आर्थिक सहयोग प्रदान गरेको हो । उद्योगको काठमाडौंस्थित करपोरेट कार्यालय, बाराको सिमरास्थित कारखाना एवम् हिप्को इन्फ्रामा रक्तदान कार्यक्रम आयोजना गरिएको उद्योगले जनाएको छ । कम्पनीको […]

तालिम तथा रोजगार कार्यक्रम आयोजना गर्दै हुलास स्टील

यस कार्यक्रमले ४५,००० नेपालीहरुको जीविकोपार्जन उन्नत बनाउने काम गर्दै आइरहेको छ।

‘हुलास स्टील एप’ मोबाइलमा, युरोप भ्रमण उपहारमा

काठमाडौं । हुलास आल्मुनियमले सोमवार फेब्रिकेटरबीच सचेतनामूलक र जानकारीमूलक भेटघाट गरेको छ ।  चितवनमा सम्पन्न भएको कार्यक्रममा फेब्रिकेटरहरूलाई हुलास स्टीलले केही समयअघि सार्वजनिक गरेको ‘हुलास स्टील एप’को बारेमा जानकारी दिएको छ । कम्पनीले फेब्रिकेटरलाई लक्षित गर्दै आफ्नो एपमार्फत ‘हुलास स्टील एप मोबाइलमा, युरोप भ्रमण उपहारमा’ नाराका साथ यो एप ल्याइएको जानकारी दिएको छ । फेब्रिकेटरका लागि विशेष सौगातमा युरोप भ्रमण, ६ तोला सुन, पल्सर बाइकसँगै अन्य उपहार रहेको बताइएको छ ।  कम्पनीका अनुसार अफरमा जोडिन ग्राहकले मोबाइलमा ‘हुलास स्टील एप’ डाउनलोड गरी आफूले सामान खरीद गरी प्राप्त भएको बिल लोड गरेर खरीद रकममा तोकिएबमोजिम प्वाइन्ट प्राप्त गर्नुपर्नेछ । प्वाइन्टको संख्या भारका आधारमा उपहार प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

हुलास स्टिलको ‘हिप्को इन्फ्रा’ स्थापना

गोल्छा अर्गनाइजेसनद्वारा नेपालको पहिलो पि.इ.बी (प्रि– इन्जिनियर स्टील विल्डिङ्स) को उद्यम  गर्ने संस्थाको रुपमा हिप्को इन्फ्रा स्थापना भएको छ ।  हुलास स्टील इन्डस्ट्रिजले अत्याधुनिक प्रविधिहरूको प्रयोग गरी विभिन्न गुणस्तरीय उत्पादनहरू मार्फत आधुनिक विकासको लागि महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेको सन्दर्भमा हिप्को इन्फ्रा स्थापना भएको हो ।  दैवी बिपत्तिहरूबाट हुने भौतिक क्षतिलाई न्यून गराउन तथा आधुनिक, वैज्ञानिक एवम् व्यवस्थित निर्माणलाई प्रोत्साहन गर्न हुलास स्टिलले विभिन्न ग

हुलास स्टीलको हिप्को इन्फ्रा स्थापना

हुलास स्टील इन्डस्ट्रिजले अत्याधुनिक प्रविधिका प्रयोग गरी विभिन्न गुणस्तरीय उत्पादन गर्न हिप्को इन्फ्रा स्थापना गरेको छ ।वैज्ञानिक निर्माणलाई सधैं प्राथमिकतामा राख्ने गरेको भन्दै गोल्छा अर्गनाइजेसनद्वारा सन् २०२१ मा दिवाकर गोल्छा कर्पको स्वामित्वमा नेपालको पहिलो पीइबी (प्रि– इन्जिनियर स्टील विल्डिङ्स) को उद्यम गर्ने संस्थाको रुपमा हिप्को इन्फ्रा स्थापना भएको हो ।कम्पनीले अत्याधुनिक प्रविधिका प्रयोग गरी विभिन्न […]

हुलास स्टील एपमा उपहारको बहार

काठमाडौँ – चालीस वर्षभन्दा लामो गर्विलो इतिहास बोकेको हुलास स्टीलले फ्रेबिकेटरहरुका लागि लक्षित उपहार योजना लिएर आएको छ। विशेषतः फ्रेबिकेटरहरुका लागि लक्षित गर्दै हुलास स्टीलले आफ्नो एपमार्फत् ‘हुलास स्टील एप–मोबाइमा, युरोप भ्रमण–उपहारमा’ भन्ने नाराका साथ यो एप लन्च गरिएको छ। फ्रेबिकेटरहरुका लागि विशेष सौगातमा युरोप भ्रमण, ६ तोला सुन, पल्सर बाइकसँगै अन्य थुप्रै आर्कषक उपहारहरु […]

हुलास स्टील ईण्डष्ट्रिजको वार्षिक साधारण सभा पुस १४ गते

मंसिर २६, काठमाडौं । हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडको वार्षिक साधारण सभा पुस १४ गते हुने भएको छ ।  कम्पनीले सभा अपरान्ह २ः३० बजे कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस गणबहालमा हुने जानकारी दिएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लाभांश स्वीकृत गर्ने र व्यवसायिक सामाजिक जिम्मेवारीका लागि छुट्याएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट ‘केएफडब्लु’ बैंक मार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत रकमबैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिजलाई एक करोड रुपैयाँ, प्रिमियर वायर्सलाई ९३ लाख ६० हजार तीन सय २० रुपैयाँ, हुलास स्टील इन्डष्ट्रिजलाई ६४ लाख ३७ हजार दुई सय ३१ रुपैयाँ र सालीमार मेटल्सलाई ३२ लाख ८ […]