२० करोड लगानीमा क्याल समूहको जस्तापाता उद्योग संचालनमा, अत्याधुनिक र स्वचालित उद्योग :: BIZMANDU.COM

वीरगंज।वीरगंजको औद्योगिक घाराना क्याल समुहले अत्याधुनिक जस्तापाता उत्पादन गर्ने उद्योगकै संचालनमा ल्याएको छ । विगत दुई दशक देखि वीरगंजबाट

सम्बन्धित सामग्री

बाँकेमा थपिँदै ठूला उद्योग, साढे दुई अर्ब लगानीमा डल्फिन ग्रुपको उद्योग सञ्चालन

बाँके । जिल्लामा आन्तरिक खपत तथा निर्यातमा महत्त्व राख्ने ठूला लगानीका उद्योग थपिँदै गएका छन् । बैजनाथ गाउँपालिकामा सरकारले निर्माण गर्ने भनिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र अलपत्र परिरहँदा उद्योगीले कोहलपुर नगरपालिका र जानकी गाउँपालिका क्षेत्रमा धमाधम नयाँ उद्योग स्थापना तथा सञ्चालन गर्दै आएका छन् ।  कैलालीको लम्कीमा पशुपक्षी र मानिसलाई आवश्यक खाद्यवस्तु उत्पादन गर्दै आएको डल्फिन ग्रुपले भर्खरै कोहलपुर–७, लखनावरमा दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा उद्योग सञ्चालनमा ल्याएको छ । यहाँ केएल दुगड ग्रुपको खाद्य उद्योग, जयमङ्गलम सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, बागेश्वरी स्टिल एण्ड आइरन उद्योग, बाहुबली हर्बल उद्योग, गङ्गा रोजिन एण्ड टर्पेन्टाइन, पानस फर्मास्यूटिकल्स जस्ता उद्योग सञ्चालनमा छन् । सुजुकी, महिन्द्रा, हुन्डाईजस्ता महङ्गा र नाम चलेका गाडीका शोरुम पनि यहीँ छन् ।  पश्चिम नेपालभर आफ्नो उत्पादन विस्तार गर्न कैलालीबाट बाँकेमा उद्योगलाई विस्तार गरेको डल्फिन ग्रुपका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार डल्फिन ग्रुपले कोहलपुरमा पशुपक्षीका लागि अत्याधुनिक दाना उद्योग, मानिसका लागि चामल मिल, आटा उद्योग, सोयाबोडी र चिउरा तथा भुजा उद्योग सञ्चालन गरेको छ । यीमध्ये दाना उद्योग नेपालकै सबैभन्दा आधुनिक उद्योग हो । चाइनिज प्रविधिको यो दाना उद्योगको उत्पादन क्षमता प्रतिघण्टा १५ टन छ ।  ‘पशुपक्षीको दाना र मानिसका लागि आवश्यक खाद्यान्न अन्य प्रदेशबाट आयात गर्नुपर्ने बाध्यता अब छैन । हामीले बाँकेबाट देशभर नै उत्पादन विस्तार गरिरहेका छौं,’ अध्यक्ष थापाले भने, ‘हाम्रा उत्पादन सहज, सुलभ र गुणस्तरीय रूपमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो ।’ अत्याधुनिक पूर्ण स्वचालित उद्योग भएकाले डल्फिन ग्रुपको दानाको गुणस्तरमा कुनै पनि कमी कमजोरी नहुने उनको दाबी छ ।  डल्फिन समूहले तीन वर्षदेखि कोहलपुरमा उद्योग सञ्चालन गर्दै आएको छ । डल्फिन ग्रुपले सञ्चालन गरेका उद्योगमा चार सयदेखि पाँच सयले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । उद्योग व्यवसायको माध्यमबाट देशमा रोजगारी सिर्जना गर्दै गुणस्तरीय उत्पादनमा आफूहरूले जोड दिँदै आएको डल्फिन ग्रुपका प्रबन्ध निर्देशक तीर्थ थापाले बताए ।   नेपालगञ्ज औद्योगिक क्षेत्रमा झण्डै करिब तीन दर्जन मात्र उद्योग सञ्चालनमा रहेका बेला कोहलपुरको पिपरी, पार्वतीपुर र जानकी गाउँपालिकाको गनापुर क्षेत्रमा भने औद्योगिक क्षेत्रको तुलनामा आन्तरिक खपत तथा निर्यातमा महत्त्व राख्ने दोब्बर ठूला उद्योग सञ्चालनमा छन् । बाँकेमा उद्योग सञ्चालन गरेर पश्चिम नेपालमा उत्पादन तथा विक्री वितरण गर्न ढुवानी कम लाग्ने र यहाँ उद्योगका लागि आवश्यक जग्गा जमिन पनि सहजै पाइने भएकाले ठूला उद्योग थपिँदै गएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरी बताउँछन् । रासस

हाइमास्ट तथा सडक बत्तीबाट बेथान र मन्थली झिलिमिली

काठमाडौं । रामेछाप जिल्लाको सदरमुकाम मन्थली र सोही जिल्लाको सुनापति गाउँपालिका–४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले पालिकाहरूसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य–मुख्य चोकहरूमा हाइमास्ट र सडकमा बत्ती राखेको छ । बत्ती राखेपछि रातिको समयमा ती क्षेत्रहरू झिलिमिलि बनेका छन् । मन्थली नगरपालिमा पर्ने करिब ६ किलोमिटर सहरी क्षेत्रमा कम विद्युत् खपत गर्ने तर बढी उज्यालो दिने ऊर्जा दक्षतायुक्त १७० ओटा सडक बत्ती जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो लाइट १९ ओटा, ६० वाटकै स्मार्ट लाइट ८० ओटा र ९० वाटका स्मार्ट लाइट ७१ ओटा जडान गरिएको छ । बसपार्क र बिनिता चोकमा १२.५ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान गरिएको छ । कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । सडक बत्तीको लागत एक करोड ५६ लाख रुपैयाँ छ । यसैगरी, सुनापति गाउँपालिकाको बेथान क्षेत्रमा ३३१ स्मार्ट लाइट जडान गरिएको छ, जसमा ६० वाटका एस्ट्रो र स्मार्ट लाइट क्रमशः १४८ र १८३ ओटा छन् ।  १२.५ मिटर अग्लो पोलमा ३ ओटा हाइमास्ट लाइट जडान गरिएको छ । सडक बत्तीको लागत २ करोड रुपैयाँ छ । मन्थली क्षेत्रमा जडान गरिएको सडक बत्तीको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिकाका प्रमुख लब श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । बेथानमा जडान गरिएको बत्तिको कार्यकारी निर्देशक घिसिङ र सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।  कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत् पुगेका ठाउँमा भइरहेको लोडसेडिङको अन्त्यपछि अहिले २४सै घण्टा अँध्यारोमा बसिरहेका प्रत्येक नागरिकको घरमा विद्युत् पुर्याउने काम अभियानकै रुपमा भइरहेको बताए । ‘देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्ने, हिउँदमा माग अनुसार अपुग रहेको विद्युत् पुग्ने गरी जलविद्युत आयोजनाहरू बनाउने र वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् निर्यात गर्ने रणनीतिका साथ अगाडि बढेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने ।  स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी रात्रिकालीन सौन्दर्यता बढाउने छ । सडक बत्तीको महसुल सम्बन्धित पालिकाहरूले तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । ठेक्का सम्झौता अनुसार सडक बत्ती नियमित मर्मत सम्भार पाँच वर्षसम्म निर्माण व्यवसायीले गर्ने छ । पोल, तार, बत्ती लगायतका संरचनाहरू प्राधिकरणकै स्वामित्वमा रहने छन् । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

चितवनमा ‘मोज्याक’ टायलको प्रयोग बढ्दो

भदौ ३०, चितवन । लामो समय मर्मतको झन्झट नहुने, पानी सोस्ने र सुन्दरताका कारण पछिल्लो समय ‘मोज्याक’ टायलको प्रयोग बढेको छ । बजारमा उच्च भार क्षमताका मोज्याक आउन थालेपछि पार्किङ, सडक, सडक पेटी र खुला ठाउँमा यसको प्रयोग बढेको हो । भरतपुर महानगरपालिकाले छ मिटरभन्दा साँघुरा सडकमा मोज्याक टायल अनिवार्य गरेको छ । अन्य पालिकाले पनि साँघुरा सडकमा मोज्याक टायल लगाउन थालेका छन् ।  महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख इञ्जीनियर रत्नप्रसाद लामिछाने महानगरले भारवहन क्षमता एम–२५ भन्दा माथि भएका टायल लगाउन सिफारिस गर्ने गरेको बताउँछन् । ६ मिटरभन्दा साँघुरा सडक र पेटीमा मोज्याक टायल प्रयोग हुने गरेको उनको भनाइ छ । भारवहन क्षमतासँगै सुन्दर देखिने भएकाले मोज्याक टायलको प्रयोग बढेको उनी बताउँछन् । नेपाल गुणस्तर चिह्न प्राप्त उत्पादनलाई महानगरले प्रयोग गर्न स्वीकृत प्रदान गर्ने गरेको छ ।  यहाँको बजारमा एशियन कङ्क्रिटो प्रालिको उत्पादन अत्यधिक प्रयोग हुँदै आएको छ । महानगरपालिकाका वरिष्ठ इञ्जीनियर भरत आचार्य ढलान र कालोपत्र गर्दा पानी जमेर व्यवस्थापन गर्नुपर्ने भए पनि मोज्याक टायल लगाउँदा पानी सोस्ने भएकाले जमिनमा पानी छिर्ने र व्यवस्थापनमा सहज हुने बताउँछन् ।  यसले वातावरण सन्तुलन कायम गर्न सहयोग पुग्ने उनको भनाइ छ । उनले भने, ‘ढलान र कालोपत्रमा पानीको निकास चाहिन्छ, मोज्याक लगाउँदा जमिनमा पानी ‘रिचार्ज’ हुने हुँदा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्छ ।’ चितवन जस्तो भूमिगत पानी प्रयोग हुने ठाउँमा मोज्याक टायलको प्रयोग प्रभावकारी हुने उनको भनाइ छ ।  उनले भने, ‘स्वचालित मेसिनले बनाउने हुँदा प्रयोगशाला परीक्षण गर्नुपर्ने समस्यासमेत हुँदैन ।’ हेर्दा आकर्षक देखिने र लामो समय टिकाउ हुने उनी बताउँछन् । स्थानीय उत्पादनहरु ढुंगा, गिट्टी, बालुवासमेतको प्रयोग हुने उनको भनाइ छ । निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष केशव लामिछानेका अनुसार एम–२५ भन्दा माथि भारवहन क्षमता भएको एशियन कङ्क्रिटो मात्र जिल्लामा उपलब्ध भएकाले यहाँ यसको अत्यधिक उपयोग भएको छ । हालै मात्र जग्गदम्बाको उत्पादन पनि आउन थालेको आफूले सुनेको उनले बताए । नारायणगढको कृषि प्रवर्द्धन बजार विकास प्रालिको ठूलो भू–भागमा मोज्याक टायल लगाइएको छ । सो कम्पनीका प्रबन्ध निर्देशक धीरप्रसाद धितालले आफूहरुले रू. दुई करोडभन्दा बढी लगानी गरेर एशियन कङ्क्रिटोको मोज्याक टायल लगाएको बताए । उनले भने, ‘ठूला–ठूला ट्रक भार बोकेर घुम्दा कालोपत्र भएको भए भत्किन्थ्यो होला, तर मोज्याक टायल केही भएको छैन ।’ यससँगै सुन्दर बनेको र पानी सोसेका कारण सहज भएको उनी बताउँछन् । पूर्वी चितवनको रत्ननगरमा होटल स्टार ब्यांक्वेटमा पनि एशियन कङ्क्रिटो मोज्याक टायल लगाइएको छ । होटलका सञ्चालक भेषराज दुवाडी ढलान र कालोपत्रभन्दा मोज्याक टिकाउ तथा सुन्दर हुने हुँदा प्रयोग गरेको बताउँछन् । विभिन्न डिजाइनका हुने हुँदा आकर्षक भएको उनले बताए । यहाँको बजारमा अत्यधिक मात्रामा एशियन कङ्क्रिटो प्रयोग हुँदै आएको छ । कम्पनीको आधिकारिक विक्रेता ओम सञ्जीवनी कङ्क्रिट कन्सर्नका प्रबन्ध निर्देशक निरञ्जन न्यौपाने गत एक वर्षमै रू. १० करोडभन्दा बढीको मोज्याक टायल विक्री गरेको बताउँछन् ।  नारायणी नदी किनार, कृषि प्रवर्द्धन बजार केन्द्र, देवीस्थान पार्क, भरतपुर अस्पताल, रत्ननगर अस्पताललगायत सरकारी र निजी क्षेत्रमा एशियन कङ्क्रिटो नै प्रयोग भएको न्यौपानेको भनाइ छ । बर्दघाट सुस्तापश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा उक्त कम्पनी रहेको छ । सन् २०१७ मा कम्पनी स्थापना गरिएको हो । कम्पनीका उपाध्यक्ष श्यामल झा रू. १५० करोड लगानी गरेर अत्याधुनिक प्रविधिको स्वचालित मेसिनबाट उत्पादन गरिएका कारण बजारमा यसको माग बढिरहेको बताउँछन् ।  भारवहन क्षमता एम–३५ देखि एम–५५ सम्म रहेका कारण यसको माग बढी भएको झाको भनाइ छ । यही जर्मन प्रविधिको मेसिन भारतमा पनि दुईओटा मात्रै रहेको उनले जानकारी दिए ।  कोभिडका कारण भारततर्फ निर्यात रोकिएको जनाउँदै उनले सहज बनेसँगै भारतमा समेत निर्यात गर्ने योजना रहेको बताए । गत वर्षमात्रै कम्पनीले रू. ५० करोडभन्दा बढीको उत्पादन विक्री गरेको छ । रासस

चितवनमा २२ करोड लगानीमा खुल्यो खाद्य उद्योग

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मीपुरमा अत्याधुनिक प्रविधिको खाद्य उद्योग स्थापना भएको छ । मनकामना ग्रुपद्वारा सञ्चालनमा आएको दरबार फुड इन्डस्ट्रिजबाट हाल ‘मेहक’ ब्रान्डका  १६ थरीका मसला उत्पादन सुरु भएको छ । स्वदेशमै गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले उद्योग स्थापना गरिएको मनकामना ग्रुपले जानकारी दिएको छ । मसलालगायत अन्य खाद्यवस्तुको उत्पादन सुरु गर्दासम्म २२ करोड लगानी अनुमान गरिएको यो उद्योग ९ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । निशेधाज्ञाको समय मसलाजन्य उत्पादन सुरु गरिएकामा अन्य उत्पादन निषेधाज्ञापछि थालिने ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले जानकारी दिए । ‘एक महिनादेखि नै मसलाजन्य उत्पादन र बिक्री सुरु भइसकेको छ’, उनले भने, निषेधाज्ञापछि अन्य उत्पादनको मेसिन उपकरण जडान गर्नेछौं ।’ निषेधाज्ञापछि दालमोठ, भुजिया र नमकिन, चियापत्ती, कन्फ्लेक्स, कुरकुरे, आलुचिप्सलगायत उत्पादन सुरु गरिने अर्यालले बताए । यो समूहले यसअघि निर्माणजन्य सामग्रीको उद्योग सञ्चालन गर्दै आएको छ । कम्पनीको अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने उद्देश्यले खाद्यवस्तु उद्योगमा  लगानी गरिएकोे उनको भनाइ छ । ग्रुपले जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एन्ड क्राफ्ट र एभोकाडो इन्टरनेसनलमार्फत अन्य उद्योगलाई चाहिने केमिकल आपूर्ति गर्दै आएको छ । ‘हामीले पहिले निर्माणजन्य उद्योगमा मात्र लगानी बढायौं’, अध्यक्ष अर्यालले भने, अहिले नयाँ सोच र भिजनका साथ खाद्यय उद्योगमा हात हालेका हौं । अब क्रमशः निर्याततर्फ अगाडि बढ्छौं ।’ हाल जर्मन प्रविधिमा आधारित मेसिनले चार सय केजी मसला उत्पादन गर्नेछ । स्वचालित भएकाले मसलामा चाहिने कच्चा पदार्थको मात्रा मेसिनले नै मिलाएर, प्रशोधन र प्रयोगशाला परीक्षण गरी प्याकेजिङसमेत हुने अध्यक्ष अर्यालले  जानकारी दिए । लामो समयको बजार अनुसन्धान, माग, आपूर्ति र अन्तराष्ट्रिय बजारको अवस्थालाई समेत दृष्टिगत गरी निर्यात गर्ने उद्देश्यल उद्योग स्थापना गरिएको कम्पनीका प्रबन्धक निर्देशक रवीन्द्र शर्मा भुसालले बताए । ‘हामीले धेरै समय लगाएर बजार रिसर्च ग¥यौं र यसको माग, आवश्यकता र आपूर्तिको अवस्था पनि हेर्‍यौं,’ प्रबन्धक भुसालले भने । हाल निषेधाज्ञाका कारण मसलाको मागअनुसार आपूर्ति गर्दै आएको र सहज भएपछि देशभर आपूर्ति हुने गरी उत्पादन गरिने भुसालको भनाइ छ । हाल मसला उद्योगमा प्रत्यक्ष रूपमा ३५ जनाले रोजगारी पाएका छन् । सबै उत्पादन सुरु भएपछि डेढ सयले रोजगारी पाउने उनले बताए । मसलाको आयात र तयारी मसलाको बजार विस्तार गर्ने उद्योगको उद्देश्य रहेको उनले सुनाए । ‘तयारी मसलाको पहुँच ६० प्रतिशत हाराहारी होला । बाँँकी रहेको बजार आधाजति नेपालमा उत्पादन हुन्छ भने बाँँकी बाहिरबाट आउँछ’, उनले भने, सोही कारण मसला उत्पादनबाट सुरु गरेका हौं ।’ यो उद्योगको पूर्वाधार दुई वर्षअघि सुरु गरिए पनि गत महिनाबाट मसला उत्पादन थालिएको हो । नेपालमा वार्षिक साढे १२ अर्ब बराबरको मसलाको कारोबार हुने गरेको बताइन्छ ।

२२ करोड लगानीमा चितवनमा अत्याधुनिक प्रविधिको खाद्य उद्योग स्थापना

असार १, चितवन । भरतपुर महानगरपालिका - ४ स्थित लक्ष्मीपुरमा अत्याधुनिक प्रविधिको खाद्य उद्योग स्थापना गरिएको छ ।  मनकामना ग्रुपले सञ्चालनमा ल्याएको दरबारफुड इन्डिष्ट्रिजबाट हाल ‘मेहक’ ब्राण्डका १६ प्रकारका मसला उत्पादन हुन थालेको छ । स्वदेशमै उच्च गुणस्तरको खाद्यसामाग्री उपलब्ध गराउने उद्धेश्यले उद्योग स्थापना गरिएको मनकामना ग्रुपले बताएको छ । मसला लगायत अन्य खाद्य वस्तुको उत्पादन शुरु गर्दासम्म २२ करोड रुपैयाँ लगानी अनुमान गरिएको यो उद्योग नौ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । निषेधाज्ञा बीचनै मसलाजन्य उत्पादन शुरु गरिएको र अन्य उत्पादनहरु निषेधाज्ञापछि शुरु गरिने ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले जानकारी दिए । ‘एक महीनादेखि नै मसलाजन्य उत्पादन र विक्री पनि शुरु भइसकेको छ’, उनले भने, ‘निषेधाज्ञा पछि अन्य उत्पादनको मेशीन उपकरण जडान गर्नेछौं ।’ निषेधाज्ञापछि दालमोठ, भुजिया र नमकिन,चियापत्ती, कन्फेल्क्स, कुरकुरे, आलुचिप्स लगायतका उत्पादन शुरु गरिने अर्यालले बताए ।  उक्त समूहले यसअघि निर्माणजन्य सामग्रीको उद्योगहरु सञ्चालन गर्दै आएको थियो । कम्पनीलाई विस्तार गर्ने र अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने उद्धेश्यले खाद्यवस्तु उद्योगमा पनि  लगानी गरिएकोे उनको भनाइ छ । उक्त समूहले जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एण्ड क्राफ्ट र एभोकाडो ईन्टरनेशन मार्फत अन्य उद्योगलाई चाहिने केमिकल आपूर्तिको काम गर्दै आएको छ । ‘हामीले पहिले निर्माणजन्य उद्योगमा मात्र लगानी बढायौं’, अध्यक्ष अर्यालले भने, ‘अहिले नयाँ सोच र उद्धेष्यका साथ खाद्यजन्य उद्योगमा हात हालेका हौं । अब क्रमश: निर्याततर्फ बढ्नेछौं ।’ हाल जर्मन प्रविधिमा आधारित भारतमा बनेको उक्त मेशीन बढी अत्याधुनिक र बढी उत्पादन क्षमता रहेको छ । कम्पनीका अनुसार प्रतिदिन यो मेशिनले प्रतिघण्टा ४०० केजी मसला उत्पादन गर्नेछ । स्वचालित मेशीन भएकोले मसलामा चाहिने कच्चा पदार्थको मात्रा मेशीनले मिलाएर, प्रशोधन र प्रयोगशाला परीक्षण गरी प्याकेजिङ्गसमेत मेशीनबाटनै हुर्ने  अध्यक्ष अर्यालले  जानकारी दिए ।  लामो समयको बजार अनुसन्धान, माग, र आपूर्ति र अन्तरराष्ट्रिय बजारको अवस्थालाई समेत ध्यानमा राख्दै निर्यात गर्ने उद्धेश्यले उद्योग स्थापना गरिएको दरबार फुड इन्डिष्ट्रिजका प्रबन्धक निर्देशक रवीन्द्र शर्मा भुषालले बताए । ‘हामीले धेरैसमय लगाएर बजार अनुसन्धान गर्‍यौं र यसको माग, आवश्यकता र आपूर्तिको अवस्था पनि हेर्‍यौं’, प्रबन्धक भुषालले भने । उनका अनुसार निम्न वर्गको भान्सादेखि तारे होटलहरुलाई लक्षित गरी मसलाजन्य उत्पादन शुरु गरेको र अब गरिने  अन्य उत्पादन पनि सबै  वर्ग लक्षित हुने र उच्च गुणस्तरको हुनेछ । हाल निषेधाज्ञाका कारण मसलाको माग अनुसारको आपूर्ति गर्दै आएको र निषेधाज्ञा खुलेपछि देशभर आपूर्ति हुनेगरी उत्पादन हुने भुषालको भनाइ छ ।  हाल मसला उद्योगमा प्रत्यक्षरुपमा ३५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।सबै उत्पादन शुरु भएपछि १५० जनाले रोजगारी पाउने पनि उनले बताए ।  नेपालमै उच्च गुणस्तर, प्रकार र स्वाद अनुसार मसला उत्पादन गरिएकोले उत्पादहरुले राम्रो बजार पाएको दाबी कम्पनीले गरेको छ । अझै पनि ४० प्रतिशत हाराहारीमा  नेपाली तयारी मसलाको पहुँचमा नपुगेको भन्दै गुणस्तरीय कायम राख्दै मसलाको आयात र तयारी मसलाको बजार विस्तार गर्ने उद्योगको उद्धेश्य रहेको भुषालले बताए ।  ‘तयारी मसलाको पहुँच ६० प्रतिशतको हाराहारीमा होला । बाँकी रहेको बजार आधाजति नेपालमा उत्पादन हुन्छ बाँकी बाहिरबाट आउँछ’, उनले भने, ‘यसको बजार र संभावना बढिरहेको मसला उत्पादनबाट शुरु गरेका हौं ।’  यो उद्योगको पूर्वाधार निर्माण दुई वर्षअघिदेखि शुरु गरिए पनि गत महीनाबाट मसलाको उत्पादन शुरु गरिएको हो । नेपालमा वार्षिक मसलाको मात्रै सांढे १२ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ ।

प्रधानमन्त्रीद्वारा नेपालकै ठूलो ढल्केबर सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गर्नुभएको छ । सोमबार ढल्केबरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा फैलिएको ४०० केभी र २२० केभी सबस्टेसनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साहलगायतको उपस्थिती थियो । मुलुक भित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै ठूलो विद्युत् हब बनेको छ । नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भएको ४००-२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ४००-२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । यसैगरी, २२०-१३२ केभी सबस्टेसनमा रहेका तीन वटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभीए छ भने अर्को ३१५ एमभीए जडान भइरहेको छ । सबस्टेसन सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको ढल्केबर–मुजफ्फपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत दुई मुलुकबीच करिब एक हजार मेगावाटसम्म विद्युत आदान–प्रदान गर्न सकिने छ । हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब दुई÷दुई सय मेगावाट विद्युत् ढल्केबर सबस्टेसनबाट हेटौडा र इनरुवातर्फ पठाउन सकिने छ । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसम्म ल्याई मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाउन सकिने छ । हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्मका लागि अहिले रहेको १३२ कभी प्रसारण लाइनमार्फत करिब तीन सय मेगावाट विद्युत् पूर्व–पश्चिम पठाउन सकिने छ । आन्तरिक खपत गरेर बढी भएको विद्युत्लाई सबस्टेसनमार्फत भारत निर्यात गर्न सकिने छ । जिआइएस प्रविधियुक्त स्वचालित अत्याधुनिक सबस्टेसनलाई भविश्यमा थप विस्तार गर्दै जान मिल्ने गरी बनाइएको छ । भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाबाट नेपालले पाउने ...

३० जनाको २५ करोड लगानीमा नेपालमै पहिलो स्वचालित कापी उद्योगको स्थापना

चितवन । स्वदेशमै गुणस्तरीय कापीको उत्पादन र आयात प्रतिस्थापन गर्ने उद्देश्यले चितवनमा अत्याधुनिक प्रविधिको कापी उद्योग स्थापना भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भरतपुर महानगरपालिका, ४ शिवघाटमा रहेको ...