जगदम्बा सुपर साइन तथा ग्याल्भा प्लसको उद्योग उद्घाटन

काठमाडौं (अस) । जगदम्बा स्टिलका संस्थापक अध्यक्ष शंकरलाल अग्रावालले कम्पनीले ल्याउँदै गरेको नयाँ उत्पादन जगदम्बा सुपर साइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) उद्योगको आधिकारिक उद्घाटन गरेका छन् । अत्याधुनिक प्रविधियुक्त उद्योग बाराको सिमरामा छ । सीआरएम मिलको जटिल डिजाइन, जडान कार्य, कमिसनिङ कम्पनीका उपाध्यक्ष प्रभात मिश्राद्वारा गरिएको बताइएको छ । उनी ग्याल्भालुम तथा कलर कटिङ उत्पादन प्रविधि विज्ञ हुन् । जगदम्बा स्टिलले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्तापाता भित्र्याउने तयारी गरिरहेको छ । जगदम्बा सुपर साइन तथा ग्याल्भा प्लस जस्तापाता उत्पादनले नयाँ आयाम ल्याउनेमा कम्पनी विश्वस्त छ । विभिन्न रंगको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर साइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भाप्लस नाम दिइएको हो । नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाइन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर साइन तथा ग्याल्भाप्लस अन्य साधारण जस्तापाताको तुुलनामा अधिक मजबुुत र टिकाउ हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित सामग्री

जगदम्बा सुपर साइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन

जगदम्बा स्टिल्सले स्थापना गरेको सुपर साइन (रंगीन जस्तापाता) र ग्याल्भा प्लस (सादा जस्तापाता)को उद्योग उद्घाटन भएको छ । कम्पनीका संस्थापक अध्यक्ष शंकरलाल अग्रवालले उद्योगको आधिकारिक उद्घाटन गरेका हुन् । अत्याधुनिक प्रविधियुक्त दाबी गरिएको...