जगदम्बा स्टीलमा भएको तोडफोड प्रकरणको छानविन गर्न उद्योग वाणिज्य संघको माग

भदौ १३, वीरगञ्ज  । बाराको सिमरास्थित जगदम्बा स्टील प्रालि परिसरका उद्योगमा स्थानीयले गरेको तोडफोडको घटनाको जीतपुर सिमरा उद्योग वाणिज्य संघले निष्पक्ष छानविनको माग गरेको छ ।  संघले आइतवार विज्ञप्ति निकालेर उद्योग तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो । उद्योग परिसरमा रहेको जस्तापाता उत्पादन गर्ने युनिटमा ग्यास चुहिएको भन्दै आक्रोशित स्थानीयले शुक्रवार तोडफोड गरेपछि सो युनिटको उत्पादन बन्द भएको छ । उद्योगले व्यवसायजन्य सुरक्षामा लापरवाही गर्दै आएको र उद्योगका कारण स्थानीय असुरक्षित भएको भन्दै तोडफोड गरेका थिए । तोडफोड नियन्त्रणमा लिन उद्योग परिसरमा पुगेको प्रहरीलाई समेत स्थानीयले लखेटेका थिए । उद्योगले प्रहरी प्रशासनदेखि नेतासमेतलाई प्रभावमा पारेर उद्योगका कामदार र स्थानीयको सुरक्षामा बारम्बार खेलवाड गरेको आरोप उनीहरूको थियो ।  उद्योगका सञ्चालक पवन गुप्ताले तोडफोडका कारण उद्योगको स्वचालित उकरण र कम्युटरहरूमा  क्षति पुगेको बताए । बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याउन कम्तीमा दुई महीना समय लाग्ने सञ्चालक गुप्ताले जानकारी दिए ।  जस्तापता बनाउन प्रयोग हुुने अमोनिया ग्यासको ट्यांकरबाट ग्यास चुहिएको गुप्ताले बताए । ग्यास चुहावट तत्कालै नियन्त्रणमा लिए पनि स्थानीयले उद्योग परिसरमा प्रवेश गरेर तोडफोड गरेको गुनासो उद्योग व्यवस्थापनको छ । उद्योग प्रवेशद्वारमा स्थानीयले ताला लगाइदिएका छन् । जगदम्बा स्टील परिसरमा ८ ओटा बेग्लाबेग्लै युनिट छन् । अन्य युनिटमा पनि तोडफोड भएको छ । उद्योगका उकपरण, सवारी साधन, झ्यालढोकामा क्षति पुगेको संघको विज्ञप्तिमा उल्लेख छ । संघका अध्यक्ष सञ्जयकुमार साहले जारी गरेको विज्ञप्तिमा उद्योगमा भएको सो दुर्घटनालाई गम्भीर रुपमा लिइनुपर्ने उल्लेख छ ।  ‘दुर्घटनाका पर्याप्त छानविन हुनु पर्दछ । भविष्यमा अन्य औद्योगिक प्रतिष्ठानमा त्यस्ता दुर्घटना नदोहारोरिउन् भन्नेमा विशेष सतर्कता अपनाउनु पर्दछ,’ अध्यक्ष साहले भनेका छन्, ‘यदि उद्योगको लापरवाहीका कारण दुर्घटना भएको हो भने संलग्नलाई कारवाही हुनु पर्दछ । तर, दुर्घटनाको आधारमा औद्योगिक वातावरण बिथोलिने गरी उद्योगमा अराजकता निम्त्याउनु नाजायज छ ।’  उद्योग परिसरमा ग्यास चुहावट र त्यसको निहुँमा भएको तोडफोड दुवै घटनाको जाँचबुझ गरेर दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन संघले माग गरेको छ ।  उद्योगले विगत लामो सयमदेखि स्थानीयबासिन्दाको सुरक्षा र स्वास्थ्य संवेदनशीलतालाई बेवास्ता गर्दै आएको स्थानीय नागरिक सुरक्षा सरोकार समितिका संयोजक मनोज पौडेलको भनाइ छ । ‘उद्योगले प्रदुषण नियन्त्रणमा पटकपटक गरेको प्रतिबद्धता पालना नगरेको र सुरक्षाका मापदण्डमा लापरवाही गर्दा उद्योगका कामदार कर्मचारीसँगै स्थानीय जोखिममा परेका छन्,’ संयोजक पौडेलको भनाइ छ ।  उद्योगकै लापरवाहीका कारण बेलाबेलामा स्थानीयसँग द्वन्द्व भइरहेको उनको दाबी छ । उद्योगका सञ्चालक गुप्ता भने उद्योगले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पूरा गरेको बताउँछन् ।    

सम्बन्धित सामग्री

आफ्नै भवनमा बुटवल उद्योग वाणिज्य संघ

बुटवल उद्योग वाणिज्य संघ आफ्नै भवनमा सरेको छ । बुटवल उद्योग वाणिज्य संघको भवनमा प्रदेश सभा बसेका कारण साढे पाँच वर्षअघि बालमन्दिरमा सरेको थियो । २०७४ सालको मंसिरमा भएको संसदीय चुनावपछि सोही वर्षको माघबाट बुटवल सुन्दरनगरस्थित संघको भवनमा लुम्बिनी प्रदेश सभा रहेको थियो । संघको हल प्रदेश सभाहल र कार्यालय सचिवालयको रूपमा रहेको थियो । […]

बैंक विरुद्ध २८ उद्योग वाणिज्य संघ सडकमा

बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर कायम गरेको र अनावश्यक दुःख दिएको भन्दै बागमती प्रदेशका २८ वटा उद्योग वाणिज्य संघ सडकमा उत्रिएका छन्। बुधबार उनीहरुले प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन गरेका हुन्।...

उद्योग वाणिज्य संघ इटहरीमा तीन समूहबीच मुख्य प्रतिस्पर्धा

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन यही माघ २८ गते हुने भएको छ।उद्योग वाणिज्य संघको भूमिका र महत्व अझ बढाउने मुख्य एजेन्डा लिएर यतिबेला अलग–अलग समूह चुनाबी मैदानमा उत्रिएका छन्।...

उद्योग वाणिज्य संघ महोत्तरीमा भाँडभैलो

महोत्तरी – उद्योग वाणिज्य संघ बर्दिवासको नियमावलीलाई लिएर स्थानीय व्यापारीले आपत्ति जनाएका छन् ।आफू मातहतका केही पदाधिकारी बसेर नियमावली संशोधन गरेको व्यापारीको आरोप छ । संघको ६ वर्षदेखि साधारणसभा हुन नसक्दा पुरानो कार्यसमितिले नै कामलाई निरन्तरता दिइरहेको वेला नयाँ बन्ने कार्यसमितिसमेत पुरानो रहनेगरी नियमावली परिवर्तन गरेको व्यापारीको दाबी छ । उद्योग वाणिज्य संघको नियमावली अनुसार […]

उद्योग वाणिज्य संघ सिरहामा साहको प्यानलै विजयी

उद्योग वाणिज्य संघ सिरहाको अध्यक्षमा अमरनाथ साह विजयी भएका छन्। सम्पन्न निर्वाचनको परिणामअनुसार अमरनाथ साह नेतृत्वको प्यानल विजयी भएको हो। अध्यक्षमा निर्वाचित साहले ५४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी महेन्द्र...

उद्योग वाणिज्य संघ सिरहामा सारडाको प्यानल विजयी

सिरहा – जिल्ला उद्योग वाणिज्य संघ सिरहाको ३३ औँ नगरसभाद्वारा आयोजित निर्वाचनबाट अध्यक्ष पदमा विकास सारडाको प्यानल विजयी भएको छ। निकटतम प्रतिस्पर्धी पशुपति साहभन्दा २२६ मतबढी प्राप्त गर्दै सारडा प्यानलसहित विजयी भएका हुन्। सारडाले एक हजार ५२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी साहले एक हजार ३०१ मत प्राप्त गरेको छ। निर्वाचन अधिकृत उद्धव हमालले […]

उद्योग वाणिज्य संघ लहानमा विकास

जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको निर्वाचनमा विकास सारडाको प्यानलको विजयी भएको छ।

उद्योग वाणिज्य संघ लहानमा शारदा प्यानलै विजयी

उद्योग वाणिज्य संघ लहानको अध्यक्षमा विकास कुमार शारदा प्यानलै विजयी भएको छ । सम्पन्न निर्वाचनको आज विहान सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा शारदाले १ हजार ५२७ मत पाएका छन् भने...

उद्योग वाणिज्य संघ खैरहनीले सञ्चालनमा ल्यायो अक्सिजन बैंक

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अक्सिजनका कारणले हुन सक्ने मानवीय क्षतिलाई कम गर्ने उद्देश्यले चितवनस्थित उद्योग वाणिज्य संघ खैरहनीले अक्सिजन बैंक संचालनमा ल्याएको छ

स्थानीय तहले सवारी प्रवेशमा लगाएको करप्रति उद्योग वाणिज्य संघ गुल्मीको आपत्ति

सन्तोष महतारागुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीलाई उद्योग वाणिज्य संघ गुल्मीले ध्यानकर्षण गराएको छ । पाल्पा जिल्ला तानसेन नगरपालिकाले मनपरी रूपमा उठाएको सवारी करको विषयमा ध्यानाकर्षण गराइएको हो ।उद्योग वाणिज्य संघ गुल्मीले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पाको तानसेन नगरपालिकालाई ज्ञापनपत्र बुझाएको उद्योग वाणिज्य संघ गुल्मीका महासचिव तारा भुसालले जानकारी दिए । […]