‘डीजी साप’को गोप्य निर्णयः ४० प्रतिशत कमिशन पाउने गरी ‘रिट्ठेपानी डाँडो’ काट्न टेण्डरै नगरी ठेक्का

पोखरामा निर्माण भएको अन्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागि रिठ्ठेपानी डाँडो कटान गर्नुपर्ने बहस हुन थालेको लामो समय भईसक्यो । तर, विमानस्थलको निर्माण सकिने बेलामा मात्रै डाँडो कटान नगरी विमान उडान र अवतरण गर्न नसक्ने भएकाले डाँडो काट्नुपर्ने विषय आउनुले डिजाइनमै त्रुटी रहेको पुष्टि हुने नागरिक उड्डयन क्षेत्रका जानकारहरु बताउँछन् । नागरिक उड्डययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी महानिर्देशक हुनु अगाडी आफैँ पोखरा अन्तराष्ट्रिय विमानस्थलको आयोजना प्रमुख थिए । आफैँ आयोजना प्रमुख रहेको परियोजनाको निर्माण सम्पन्न हुने बेलामा मात्रै उनले डाँडो कटान गर्नुपर्ने विषय थाहा पाउनु आफैँमा शंकाको विषय बनेको इन्जिनियरहरु बताउँछन् । बैठकमा सुटुक्क एजेण्डा छिराईयोसाउन ८ गते क्यान सञ्चालक समितिको ४०३औँ बैठक बस्ने मिति तय भएपछि सञ्चालकहरु (पर्यटन मन्त्री, पर्यटन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सह–सचिव डा. टोकराज पाण्डे, रोशन चित्रकार, टीआर मानन्धर)लाई सदस्य सचिवका हैसियतमा महानिर्देशक अधिकारीले एजेण्डाहरु पठाए । ‘पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे स्ट्रिपको पूर्वपट्टि हवाई सुरक्षार्थ अवरोधजन्य, जोखिमजन्य अवस्थामा रहेको रिट्ठेपानी डाँडा कटानसम्बन्धमा’ भनेर पठाईएको एजेण्डामा विस्तृत विषय लेखिएको थिएन । एजेण्डा मात्रै लेखिएको र विस्तृत विवरण नखुलाईएको कारण उक्त बैठकबाट डाँडो कटानको निर्णय गराउन डीजी अधिकारी सफल भएनन् ।जबरजस्ती निर्णय गरियो, अर्थका प्रतिनिधिले हस्ताक्षर नै गरेनन्साउन ८ मा निर्णय नभएपछि साउन २२ मा पुनः अर्को बैठक राखियो । उक्त बोर्ड बैठकले विमानस्थलसँगै जोडिएको काम भएकाले विमानस्थल बनाउँदै गरेको ठेकेदार कम्पनीलाई नै डाँडा कटानको जिम्मेवारी दिने गरी निर्णय गर्यो ।साउन ८ को बैठकले डाँडा कटानका विषयमा निर्णय नगरेपछि २२ साउन २०७९ मा बसेको क्यान सञ्चालक समितिको ४०४औँ बैठकले चिनियाँ निर्माण कम्पनी सीएएमसी इन्जिनियरिङलाई नै डाँडो कटानको काम दिने निर्णय गरेको हो ।निर्णयमा ‘उक्त डाँडा कटान गर्ने कार्य ईपीसी कन्ट्रयाक्टमा समावेश गराई हाल आयोजनामा कार्यरत चिनियाँ निर्माण व्यवसायी श्री चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड चाइनाबाट नै गराउन उपर्युक्त हुने हुँदा नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृतका लागि श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गरी पठाउने’ भनिएको छ । तर, उक्त निर्णयमा प्राधिकरण सञ्चालक समिति एकमत भने हुन सकेन । अर्थबाट प्रतिनिधित्व गरेका बाबुराम सुवेदीले असहमति जनाएर निर्णयमा हस्ताक्षर समेत नगरेको बताइन्छ । मन्त्रिपरिषदमा प्रस्ताव लैजान मन्त्रीलाई सकस, उता कमिशनको खेलक्यानको बोर्डले चिनियाँ सीएएमसी इन्जिनियरिङ कम्पनीलाई नै डाँडो कटानको जिम्मेवारी दिने र यस विषय मन्त्रिपरिषदबाट निर्णय गराउन तालुक मन्त्रालय (नागरिक उड्डयन मन्त्रालय)लाई अनुरोध गर्ने निर्णय गरेको भएपनि मन्त्री जीवनराम श्रेष्ठले यो प्रस्ताव मन्त्रिपरिषदमा लैजान सकेका छैनन् ।‘असोजभित्रै डाँडा कटान नसके तोकिएको मितिमा एयरपोर्ट अपरेशनमा ल्याउन सकिँदैन भन्ने तर्क गरेर विना टेण्डर मन्त्रिपरिषदबाट निर्णय गराएर काम गराउने र त्यसवापत ४० प्रतिशत कमिशन हत्याउने दाउमा डीजी साप हुनुहुन्छ’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषदमा प्रस्ताव नजानुमा मन्त्री ज्यूसँग केही कुरा मिल्न बाँकी भएर होला ।’ महानिर्देशक अधिकारीले असोजभित्रै डाँडा कटानको काम नसकिए आगामी पुस १६ गते अर्थात् २०२२ जनवरी १ तारिखबाट विमानस्थल सञ्चालन गर्ने लक्ष्य पूरा नहुने तर्क गर्दै आएका छन् । ‘असोजमा काम नसकिए एयरपोर्ट अपरेशनमा ल्याउन फागुन, चैतमा पुग्नुपर्ने हुन्छ भन्ने उहाँको कुरा छ, ठेक्का प्रक्रियामा जाने हो भने सार्वजनिक खरिद नियमावली अनुसार असोजमा त टेण्डर समेत हुँदैन’ मन्त्रालय स्रोत भन्छ, ‘मन्त्रिपरिषदमा तत्काल प्रस्ताव जाने कुरा छैन ।’पोखरा अन्तराष्ट्रिय विमानस्थलको दक्षिणपूर्वी सिमानाबाट करिब डेढ किलोमिटर दूरीमा रहेको रिट्ठेपानी डाँडाको ४० मिटर उचाई कटान गर्न ५० करोड लाग्ने अनुमान प्राधिकरणले गरेको छ । ठेक्का प्रक्रियाबाट यो काम गर्दा २० देखि २५ करोडमै सकिने भएपनि मोटो रकम कमिशन हत्याउन बिना प्रतिस्पर्धा ५० करोडमा काम दिने खेल भईरहेको दाबी स्रोतले गरेको छ ।यसअघिः‘हाकिम’बाटै पोखरा विमानस्थलमा करोडौँ घोटाला, जग्गाको भाउ बढाउन रातारात बाटो खनियोजताततै भ्रष्टाचारको उजुरी स् सातौँ तहमा हुँदा नै डीजी अधिकारी भन्थे, ‘क्यान हाँक्न आएको हुँ’ ‘काण्डैकाण्ड’को चाङले थिचिएका ‘डीजी साप’ उर्फ प्रदीप अधिकारी–१‘काण्डैकाण्ड’ले थिचिएका डीजी सापः जसले ‘फास्ट ट्रयाक’बाट यसरी कमाए अर्बौ सम्पत्ति–२गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा करोडौँ ‘घोटला’, दलालसँग मिलेर राज्य कोषको दोहन

सम्बन्धित सामग्री

सरकारमा पनि कांग्रेसले पाउने हिस्साको ४०% चाहिन्छ : इतर समूह

कांग्रेसको इतर समूहले शक्ति बाँडफाँडमा पार्टीले पाउने पदहरूमा आफ्नो समूहको ४० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । १४औँ महाधिवेशनको मतअनुसार ४० प्रतिशत वा न्यायोचित अवसर दिनुपर्ने इतर समूहका नेता गुरुराज...

विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगलाई आयकरमा ५ वर्षसम्म छुट

विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगले आयकरमा ५ वर्षसम्म ४० प्रतिशत छुट पाउने भएका छन् । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।  चारपांग्रे विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना गरेमा सो उद्योगले कारोबार सुरू गरेको मितिले ५ वर्षसम्म ४०...

विद्यार्थीले खोप पाउने निश्चित

काठमाडौं, पुस २९ । उपत्यकाका किशोर–किशोरी विद्यार्थीलाई दिने भनिएको साढे चारलाख जोड खोपमध्ये बुधबारसम्ममा करिब ४० प्रतिशत वितरण भएका कारण खोपको लक्ष्य पूरा हुने निश्चितता बढेको छ, तर कोरोना संक्रमणले गति बढाएका कारण विद्यालय खुल्ने भने निश्चितता छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१७ उमेर समूहका किशोर–किशोरी लक्षित खोप गत शुक्रबारदेखि लगाउँदै आएको छ । […]

सिडिएसको साधारणसभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज पुतलीसडक स्थित आफ्नै कार्यालयको सभा हलमा सभा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिका अध्यक्ष निरञ्जन फुयालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ। कम्पनीले आ.व. २०७७/७८ को नाफा बाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीमा  शत प्रतिशत लगानी नेपाल स्टक एक्स्चेञ्ज नेप्सेको रहकोले यो लाभांश नेप्सेले पाउने छ । सभाले आ. व. २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूची माथि छलफल गरी पारित गरेको छ। त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको परिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ। सभामा कम्पनी रजिष्ट्रार कार्यालयका प्रतिनिधि, यस लि. का लेखापरीक्षक, महालेखा परीक्षक कार्यालयका प्रतिनिधि तथा लि. का उच्च तहका कर्मचारीको उपस्थिति रहेको कम्पनीले जनाएको छ।

सनराइज क्यापिटलको साधारणसभा आह्वान, ४० प्रतिशत लाभांश प्रस्ताव

सनराइज क्यापिटल Sunrise Capital ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १२ गते कमलपोखरी  स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो। कम्पनीको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी भएकोले बैंकले यो लाभांश पाउने छ । त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ  ।

आयो अध्यादेश : २० प्रतिशतले पार्टी फुटाउन पाउने

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।सरकारले ल्याएको यो

झण्डै २ लाखको आइफोन ७५ हजारमा पाउने भएपछि ...

ललितपुरका अभिषेक (नाम परिर्वतन)ले सामाजिक सञ्जाल फेसबूकमा ‘स्काई मोबाइल’ नामको पेजमा आइफोन, घडी, लगायतका विभिन्न कम्पनीका मोबाइलहरू ३०/४० प्रतिशत छूटमा पाउने ‘विज्ञापन’ देखे । आइफोन किन्ने सोच बनाएका अभिषेकले एउटा निजी संस्थामा काम गरेर केही पैसा बचाएका थिए । अनलाइनमा देखेको विज्ञापनले उनको ध्यान खिच्यो । आफूलाई आवश्यक रहेको र पैसा पनि सस्तो भनेकाले अनलाइनमा दिएको फोन नम्बरमा सामाजिक सञ्जाल ‘ह्वाट्स् एप’मार्फत् कुराकानी गर्न थाले । कुराकानी गर्ने व्यक्ति थिए, अफ्रिकन नागरिक जस्ता ...

झण्डै २ लाखको आइफोन ७५ हजारमा पाउने भएपछि ...

ललितपुरका अभिषेक (नाम परिर्वतन)ले सामाजिक सञ्जाल फेसबूकमा ‘स्काई मोबाइल’ नामको पेजमा आइफोन, घडी, लगायतका विभिन्न कम्पनीका मोबाइलहरू ३०/४० प्रतिशत छूटमा पाउने ‘विज्ञापन’ देखे । आइफोन किन्ने सोच बनाएका अभिषेकले एउटा निजी संस्थामा काम गरेर केही पैसा बचाएका थिए । अनलाइनमा देखेको विज्ञापनले उनको ध्यान खिच्यो । आफूलाई आवश्यक रहेको र पैसा पनि सस्तो भनेकाले अनलाइनमा दिएको फोन नम्बरमा सामाजिक सञ्जाल ‘ह्वाट्स् एप’मार्फत् कुराकानी गर्न थाले । कुराकानी गर्ने व्यक्ति थिए, अफ्रिकन नागरिक जस्ता ...