ललितपुरका अभिषेक (नाम परिर्वतन)ले सामाजिक सञ्जाल फेसबूकमा ‘स्काई मोबाइल’ नामको पेजमा आइफोन, घडी, लगायतका विभिन्न कम्पनीका मोबाइलहरू ३०/४० प्रतिशत छूटमा पाउने ‘विज्ञापन’ देखे ।
आइफोन किन्ने सोच बनाएका अभिषेकले एउटा निजी संस्थामा काम गरेर केही पैसा बचाएका थिए । अनलाइनमा देखेको विज्ञापनले उनको ध्यान खिच्यो । आफूलाई आवश्यक रहेको र पैसा पनि सस्तो भनेकाले अनलाइनमा दिएको फोन नम्बरमा सामाजिक सञ्जाल ‘ह्वाट्स् एप’मार्फत् कुराकानी गर्न थाले । कुराकानी गर्ने व्यक्ति थिए, अफ्रिकन नागरिक जस्ता ...