साहित्यलाई समाज, स्थानीय परिवेश, सञ्चार माध्यम, राजनीति, विश्व परिवेश र घटना–परिघटनाले प्रभावित गरेको हुन्छ । साहित्यको सोहीअनुरुप विकास पनि भैरहेको हुन्छ । नेपाली साहित्य पनि विश्व साहित्य र विशेषगरी पूर्वीय देशहरु (जापान, कोरिया, चीन आदि) को साहित्य तथा भारतलगायत मध्यपूर्वका देशहरुमा प्रस्फुटन भएको साहित्यबाट समेत प्रभावित र विकसित हुँदै आज यो स्थानसम्म आइपुगेको छ ।कविता एक सशक्त र प्रभावकारी साहित्यिक विधा हो । ठूला–ठूला महाकाव्यदेखि साना तथा सूक्ष्म कविताहरू पनि नेपाली भाषामा पढ्