हुम्ला - हुम्लाको खार्पुनाथ गाउँपालिका –३ कारङ्गाका सात घरका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।
घरमाथिबाट ढुङ्गा खस्न थालेपछि उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले अहिले नजिकैको आफन्तकोमा बसिरहेका छन् ।
२० घरधुरी रहेको त्यो क्षेत्रमा पहिरोको जोखिम बढेको छ । त्यहाँको अवस्था बुझ्न प्रहरीको टोली त्यसतर्फ गएको पनि अध्यक्ष रावलले जानकारी दिनुभयो ।