भिजिट भिसामा विदेश पठाएको आरोपमा ट्राभल्सका कर्मचारीसहित सञ्चालक पक्राउ

काठमाडौँ : प्रहरीले भिजिट भिसाका नाममा रकम लिएर नेपालीलाई विदेश पठाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले भिजिट भिसामा मानिस विदेश पठाएको आरोपमा निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र कर्मचारी पदम लामालाई पक्राउ गरेको छ। उनीहरुले भिजिट भिसामा ३ सय जनाभन्दा बढी मानिस विदेश पठाएको खुलेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धानका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी मिलन केसीले अध्यागमन अधिकृतलाई सेटिङ मिलाई भिजिट भिसामा विदेश

सम्बन्धित सामग्री

चुरे उत्खनन गरेको आरोपमा क्रसर सञ्चालक पक्राउ

चुरे तथा वन क्षेत्रमा ढुंगा, गिटी, बालुवा उत्खनन गरेको आरोपमा डिभिजन वन कार्यालय लहानले केही बेरअघि एकजना क्रसर सञ्चालकलाई पक्राउ गरेको छ।...

पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

पर्वत – सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन्। सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालका अनुसार तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका […]

बालिका बलात्कार आरोपमा मेडिकल सञ्चालक पक्राउ

उदयपुर । बालिकालाई जबरजस्ती करणीको आरोपमा त्रियुगा नगरपालिका– २ जोगिदहका मेडिकल सञ्चालक पक्राउ परेका छन् । गत ९ असोजमा त्रियुगा नगरपालिका–२ जोगिदहस्थित बराहा मेडिकलका सञ्चालक असुतोष तिवारी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले […] The post बालिका बलात्कार आरोपमा मेडिकल सञ्चालक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सालको काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

२९ फागुन, गोरखा । गोरखामा सालको अवैध काठ राखेको आरोपमा फर्निचर उद्योग सञ्चालक पक्राउ परेका छन् । आशिष फर्निचर उद्योग सञ्चालक गोरखा नगरपालिका–३ नारेश्वर चिसापानी घर भएका आशकुमार सुनार पक्राउ परेका प्रहरीले जनाएको छ । उनको फर्निचरबाट ४९ थान सालको गोलिया काठ र १ सय १९ थान चिरान काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी […]

ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

सुन्दरहरैँचा – मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई रु ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर रु ८२ लाखभन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी […]

मानव बेचबिखनको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

मानव बेचबिखनको आरोपमा काठमाडौँको सिनामङ्गलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक उदित नारायण शाह पक्राउ परेका छन्। उक्त ओभरसिजका पब्लिक रिलेसन अफिसर दिवाकर झा र रिसेप्सनिष्ट राखीकुमारी सिंह पक्राउ परेका छन्।...

विशाल सिमेण्टका सञ्चालक पक्राउ

विशाल सिमेण्टका सञ्चालक पक्राउ परेका छन्। उनलाई भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी)अपचलन गरेको आरोपमा काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो।...

बालयौन दुराचार आरोपमा विद्यालय सञ्चालक पक्राउ

पर्वत :  बालयौन दुराचार आरोपमा कास्कीका एक विद्यालय सञ्चालक पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा रहेको ज्योति इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक ४८ वर्षीय रामचन्द्र शाहीलाई नियन्त्रणमा लिएको हो। कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले विद्यालय सञ्चालक शाहीले विद्यार्थीलाई यौन दुराचार गरेको भनी किटानी जाहेरी परेपछि शुक्रवार नियन्त्रणमा लिएको जानकारी दिए।प्रहरी निरीक्षक खड्काले पक्राउ परेका शाहीविरुद्ध अ

नियन्त्रीत औषधीसहित फार्मेसी सञ्चालक पक्राउ

डाक्टरको सिफारिस बिना नियन्त्रीत औषधी विक्रिवितरण गरेको आरोपमा काभ्रेको पनौतीमा फार्मेसी सञ्चालक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरि खतिवडाका अनुसार काभ्रेको...