प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुन:पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको समयभित्र राष्ट्रपतिद्वारा प्रमाणीकरण नभएकोमा सत्तारुढ दलले असन्तुष्टि व्यक्त गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार चार दलको बैठकले सो असन्तुष्टि व्यक्त गरेको हो । बैठकपछि चार दलद्वारा जारी संयुक्त विज्ञप्तिमा राष्ट्रपतिबाट संविधानको पालना र संरक्षण हुन नसकेको भन्दै […]