काठमाडौँ - सत्तारूढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको छ । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको गैरसंवैधानिक कदमले संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको ठहर गरेको हो ।