जिल्लाका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ ।
जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मोमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालमा अहिले कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । यी अस्पतालमा सङ्क्रमितका लागि छुट्याइएका शय्याहरु भरिन लागेका छन् ।
चितवन मेडिकल कलेजले २५३ शय्या कोभिड उपचारका लागि भनेर छुट्याएकामा अहिले १५३ कोभिडका बिरामी रहेका छन् । अस्पतालका अपरेसन म्यानेजर पा...