अफगानिस्तानबाट सेना फर्काएर बाइडेनले ठीक गरे

अमेरिकाले अफगानिस्तानमा आफूले चाहेअनुरूपको राज्य निर्माण गर्न सकेन, तर उसले आफ्नो मुख्य लक्ष्य भने प्राप्त गरिसकेको छ अन्तर्राष्ट्रिय समुदाय तथा अफगान नागरिकले दुई दशक लामो समय लगाएर निर्माण गरेका जति पनि...

सम्बन्धित सामग्री

अफगानिस्तानबाट सैनिक फिर्तीको अमेरिकी विदेशमन्त्री ब्लिंकेनले गरे बचाउ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्तीको बचाउ गरेका छन् । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ताको क्रममा देखिएको अस्तव्यस्त अवस्थाबारे संसदमा भएको सुनुवाईको क्रममा विदेशमन्त्री ब्लिंकेनले बचाउ गरेका हुन् । अमेरिका अगस्ट ३१ मा पूर्ण रुपमा अफगानिस्तानबाट फिर्ता भएको हो । तर अझै पनि अमेरिकी र अमेरिकाको अभियानमा सहयोग गरेकाहरु अफगानिस्तानमै छुटेको भन्दै आलोचना हुँदै […]

बाइडेनले पुनः गरे अफगानिस्तानबाट सैनिक फिर्तीको बचाउ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको फेरि बचाउ गरेका छन् । २० वर्ष लामो युद्ध अन्त्य गर्दै अमेरिकी सैनिक अगस्ट ३१ को समय सीमा अघि सोमबार पूर्णरुपमा स्वदेश फर्किएका थिए । अमेरिकीसहितका नेटो सैनिक फिर्ता हुने निर्णयसँगै अफगानिस्तानको सत्तामा तालिबान फर्किएको छ । मध्य अगस्टमा तालिबानले काबुल नियन्त्रणमा लिएको हो । […]

४२ नेपाली काबुल विमानस्थलमा

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समुहबद्ध रूपमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेको मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालसम्म करिब ८०० को हाराहारीमा नेपाली अफगानिस्तानबाट उद्दार भइसकेको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई पनि काठमाडौंसम्म ल्...

बाइडनले भने- तालिबानले सत्ता कब्जा गर्नुमा अफगान सरकार जिम्मेवार

१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत गरे । विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भने, ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश छोडेर भागे ।’ आइतबार […]

अफगानिस्तानबाट अमेरिकी फौज फिर्ताको बाइडेनले गरे बचाउ

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान अमेरिकी सैनिक फिर्ताको बचाउ गरेका छन् । तालिबानले अफगानिस्तान कब्जा गर्दै विजय भएको घोषणा गरेपछि  बाइडेनले सोमबार सम्बोधन गर्दै आफ्नो निर्णयको बचाउ गरेका हुन् । युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि चौतर्फी आलोचना खेपिरहेका बाइडेनले क्याम्प डेभिडबाट सोमवार ह्वाइट हाउस फर्केर भने, ‘कति थप अमेरिकी जीवन त्यसको लागि अर्पण गर्नुपर्थ्यो ?’ […]

बाइडेनले तोडे मौनता, आफ्नो अफगानिस्तान नीतिको गरे स्पष्ट बचाउ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन् । तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएर जित घोषणा गरेको भोलिपल्ट सोमबार गरेको सम्बोधन अमेरिकी राष्ट्रपति बाइडेन आफ्नो निर्णयको पछि रहेको बताएका हुन् । काबुल विमानस्थलमा अमेरिकी सैनिक विमानमा त्रस्त अफानीहरुको भिड, अस्तव्यस्ताले अफगानिस्तानमा अमेरिकाको सीमितता प्रदर्शित गरेको छ । आफ्नो राष्ट्रपतीय शासनकालको […]

द्वन्द्वग्रस्त अफगानिस्तानबाट नेपाली फर्काउँदै सरकार

काठमाडौं । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट नेपाली फर्काउनेका लागि गृहकार्य थालिएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्न एक समिति निर्माण गरेको छ । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरीशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले उक्त समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको र समितिले आइतवारदेखि नै काम थालेको छ । ‘समितिको उद्देश्य के छ भने कदाचित् हामीले कसैलाई हामी आफैंले उद्धार गरेर ल्याउनुपर्‍यो भनेदेखि त्यसको संयोजन गर्ने, त्यसको व्यवस्थापन गर्ने गरेर सबै सरोकारवाला निकायहरूलाई राखेर यो संयन्त्र बनेको हो,’ उनले भने । अफगानिस्तानमा औपचारिक क्षेत्रमा करीब १५ सय नेपाली रहेको सचिव पौडेलले बताए । नेपालीहरू अफगानिस्तानको सदरमुकाममा काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उनको भनाइ छ । अफगानिस्तानमा औपचारिक क्षेत्रमा आबद्ध रहेका नेपालीहरू स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको उनले बताए । सरकार दूतावास तथा अफगानिस्तानमा रहेका नियोगहरूसँग सम्पर्कमा रहेको पनि उनले जानकारी दिए । मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सम्पर्कमा आउन सूचना जारी गर्ने, जहाँबाट भए पनि आफ्नो अवस्थाबारे जानकारी गराउन अनलाइन पोर्टल बनाउने तथा कन्सुरल सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एक/एक ओटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक गरेर सञ्चालन गर्ने सचिव पौड्यालको भनाइ छ । तालिवानले अफगानिस्तानका सबैजसो मुख्य शहर कब्जामा लिएको छ । आइतवारसम्म तालिवानीहरू राजधानी काबुल पनि प्रवेश गरेको समाचार संस्था एशोसिएट प्रेस (एपी) ले जनाएको छ । उनीहरूले यसअघि नै अरू मुख्य शहर कब्जामा लिइसकेका थिए । त्यहाँको स्थिति तनावग्रस्त भएपछि विभिन्न मुलुकहरूले आफ्ना नागरिकको उद्धार तीव्र पारेका छन् । अमेरिका, बेलायत, जर्मनी भारतलगायत मुलुक विशेष विमानमार्फत आफ्ना नागरिक फर्काइरहेका बेला नेपाललाई समेत आफ्ना नागरिक उद्धार गर्न दबाब परेको हो । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिको आइतवारको बैठकमा कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले उद्धारका लागि छिटो प्रभावकारी कदम चाल्न अनुरोध गरे । उनले नेपालीहरूको ज्यान जोगाउन विद्रोही तालिवानी सरकारसँग वार्ता अघि बढाउन सुझाव दिए । उनले भने, ‘त्यहाँ पुगेका नागरिकको सुरक्षाका लागि हामीले उद्धारसँगै तालिवानीहरूसँग पनि वार्ता अघि बढाउने हो कि ?’ एमाले सांसद भीम रावलले नेपालीहरूलाई छिटोभन्दा छिटो अफगानिस्तान छाड्न आह्वान गर्न सुझाव दिए । ‘नेपालीलाई छिटो अफगानिस्तान छोड्न भनौं । अरू देशले आ≈वान गरिसके, रावलले थप भने, ‘हामी आफैले पनि उद्धारका लागि पहल थालौं । अरू देशको भरमा नपरौं । आफ्ना नागरिक ल्याऔं ।’ यसैबीच, समितिले अफगानिस्तानमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न निर्देशन दिएको छ । समितिकी सभापति पवित्रा निरौला खरेलले सकेसम्म नेपाल आपैmले जहाज पठाएर ल्याउन त्यति नभए सुरक्षित अरू देशमा भने पनि स्थानान्तरण गर्न निर्देशन दिइन् । सभापति खरेलले भनिन्, ‘नेपालमै ल्याएर हुन्छ वा नजिकैका अरू पाकिस्तानजस्ता देशसम्म ल्याएर हुन्छ जसरी पनि नेपालीलाई सुरक्षित बनाउने कामलाई तीव्रता दिनू ।’ यसैबीच सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सरकारको सम्पर्कमा आउनु सूचना जारी गरेको छ । त्यहाँ फसेका नेपालीको विवरण संकलन गर्न अनलाइन रजिस्टे«शन पनि खुला गरेको छ ।

अफगानिस्तानबाट सेना फिर्ता गर्न हतार गरे सुरक्षामा कमी अाउने - राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताएका छन् ।  उनले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट...