हेटौंडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको शपथग्रहणमा निकै तामझाम देखियो। प्रदेश प्रमुखको कार्यालयमा भएको मुख्यमन्त्री तथा मन्त्रीहरुको शपथग्रहण कार्यक्रममा नेता कार्यकर्ताको भीडले आमसभाकै झल्को दिलायो। मुख्यमन्त्री पाण्डेलाई बधाई दिन विभिन्न जिल्लाबाट कार्यकर्ताहरूको उपस्थिती रहेको थियो। प्रदेश प्रमुखको कार्यालय आसपासदेखि हेटौंडा बसपार्कसम्म झण्डै एक सय मिटर उनलाई बधाई दिन आउनेको गाडीको लर्को थियो। केही समय बसपार्क छेउमा सवारी जाम नै भएको थियो