नवनिर्वाचित सांसदले लिए शपथग्रहण

काठमाडौं : नवनिर्वाचित सङ्घीय सांसदहरूले शपथग्रहण गरेका छन्। नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधबार शपथ गराएकी थिइन्।सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमालले २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ ग्रहण गरेको जानकारी दिए। बाँकी सांसदले नेपाली भाषामा शपथग्रहण गरेका हुन्।नेकपा एमालेका सांसद सराज अहमद फारुकीले उर्दुमा, नेकपा ९माओवादी केन्द्र

सम्बन्धित सामग्री

लुम्बिनीका सांसदले लिए शपथ

लुम्बिनी प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा नवनिर्वाचित सदस्यलाई प्रदेश प्रमुख अमित शेरचनले पद तथा गाेपनीयताकाे शपथ  गराएका हुन्।  प्रदेश प्रमुखले जेष्ठ सदस्यलाई शपथ...

मधेश प्रदेश : १०४ सांसदले लिए शपथ, माओवादीका दुई जनाको रोकियो

जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित १०४ सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा माओवादी केन्द्रका २ सांसदले शपथ लिनबाट बंचित भएका छन् । समानुपातिकतर्फ निर्वाचित सप्तरीकी माला कर्ण र मो. रजी हैदरले शपथग्रहण गर्न पाएनन् । प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले अदालतको आदेशका […]

सुदूरपश्चिमका प्रदेश सांसदले लिए शपथ

१५ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेशसभा भवनमा अछामबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिका प्रदेशसभा सदस्य गिता चौधरीले मातृभाषामा शपथग्रहण गरेका हुन् भने अन्य प्रदेशसभा सदस्यले नेपाली भाषामै शपथ […]

नवनिर्वाचित सांसदहरूले लिए सपथ

काठमाडाैँ – नवनिर्वाचित प्रतिनिधिसभाका सांसद्हरूले बिहीबार पद तथा गाेपनीयताकाे सपथ लिएका छन्। संङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघिमात्रै सांसद्हरूले प्रतिनिधिसभाका जेष्ठ सांसद् पशुपतिशमशेर जबराद्वारा शपथग्रहण गरेका हुन्। १३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका थिए। नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको […]

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए शपथ

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ खुवाएका हुन् ।