नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण (तस्विरहरू)

काठमाडौं : काठमाडौं जिल्लाभित्र रहेका नगरपालिकाहरूमा  नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन्।शुक्रबार जिसस भवनमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतहरुले निर्वाचित नगर प्रमुखहरुलाई शपथ ग्रहण गराएका हुन्।आज भएको शपथग्रहणमा शंकरापुर नपा, गोकर्णेश्वर नपा, कीर्तिपुर नपा र दक्षिणकाली नपा का मेयरहरुलाइ मुख्य जिल्ला निर्बाचन अधिकृत (काठमाडौ जिल्ला अदालतका प्रमुख न्यायाधीश) ले सपथ खुवाएका छन्। शपथग्रहण कार्यक्रममा काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत अन्यको

सम्बन्धित सामग्री

१५ भाषामा शपथ आज

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्य सुरु भएको छ। २०७२ असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानअनुसार यो दोस्रो प्रतिनिधि सभा हो। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ (८० वर्षीय) सदस्य पशुपतिशमशेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएसँगै सङ्घीय संसद्को प्रतिनिधि सभामा तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि समाप्त भएको छ। यसअघि अघिल्लो संसद्को अन्तिम अधिवेशन २०७९ असोज १ गतेदेखि अन्त्य गरिएको थियो।

शपथ समाराेहमा बालेन र सुनिता (तस्वीरहरू)

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथ समारोह सुरु भएको छ । राष्ट्रिय सभागृहमा अहिले शपथग्रहण समारोह चलिरहेको हो ।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण भोलि

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले भोलि सोमबार शपथग्रहण गर्ने भएका छन् । महानगरमा मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्यलगायतले शपथग्रहण गर्ने भएका हुन् । भोलि बिहान ११ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृतले स्वतन्त्रबाट निर्वाचित महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ । त्यसपछि मेयर शाहले अन्य जनप्रतिनिधिहरूलाई शपथग्रहण...

बालेन र सुनिताले सोमबारबाट पदभार सम्हाल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण सोमबार हुने भएको छ । भोलि र पर्सी सार्वजनिक बिदा भएकाले बालेन साहले मेयरको कुर्सीमा बस्न थप तीन दिन प्रतिक्षा गर्नुपर्ने भएको हो । काठमाडौंको हिजो राति मतगणना सकिएको थियो । राति नै निर्वाचन आयोगले परिणाम घोषणा गर्यो भने आज बिहान मेयर बालेन्द्र साहलाई औपचारिक बधाइ दियो । […]

जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले जनताको हित हुने गरी काम गर्नुपर्ने बताउनुुभएको छ । तनहुँको भानु नगरपालिकामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि जनताका सेवक भएकाले जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । व्यक्तिगत स्वार्थमा नफसी जनताका आवश्यकतालाई पूरा गर्नेतर्फ लाग्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनप्रतिनिधिका काँधमा ठूलो …

नवनिर्वाचित जनप्रतिनिधिबीच शपथ ग्रहण कार्यक्रममै विवाद

वीरगञ्ज – बाराको प्रसौनी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण कार्यक्रममै विवाद भएको छ। सोमबार गाउँपालिकामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरूको शपथग्रहण कार्यक्रममा वडाध्यक्षहरूले शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन्। उक्त कार्यक्रममा जनप्रतिनिधिभन्दा एमालेका नेताहरूको बढी उपस्थिति भएको भन्दै नवनिर्वाचित वडाध्यक्षहरूले शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलकुमार केशरीले जानकारी दिए। आफूहरूले वडाध्यक्षहरूलाई शपथग्रहण कार्यक्रममा हात […]