काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७१ दशमलव दुई अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ४२ विन्दुमा पुगेको छ ।
आज जलविद्युत् र फाइनान्सबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा समूहको शेयरमा हरियाली आएको छ । जीवन बीमा समूहको शेयर झन्डै एक हजार अङ्क र निर्जीवन बीमा समूहको शेयर नौ सय सात अङ्कले बढेको छ ।
आज १८ वटा बीमा कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । यस्तै आजदेखि कारोबार सुरु भएको मध्य भोटेकोसी जलविद्युतको शेयरमा पनि सकार...