नेप्सेमा नकारात्मक सर्किट ब्रेकपछि शेयर बजार पुनः फर्किएको छ ।
बजार खुलेको दुई घण्टाभित्र नेप्से ५.०३ प्रतिशतले घटेपछि बजार ४० मिनेटका लागि बन्द गरिएको थियो ।
१४७.३१ अंक तल झरेको शेयर बजार अहिले १ बजेर ५५ मिनेट जाँदा ६४.५२ अंक मात्रै तल छ । नेप्से सूचक २८६२.४८ छ ।