काठमाण्डाै – शेयर बजार पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५६ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय ८६ दशमलव ३६ विन्दुमा पुगेको हो । यसअघि गएको माघ १५ गते नेप्से २१ सय ९२ विन्दुमा पुगेको थियो ।
आज उत्पादन, व्यापार र निर्जीवन बीमा समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर बढेको छ । लघुवित्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ७५ वटा कम्पनीका एक करोड ३१ लाख सात हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेर...