अघिल्लो दिन सयभन्दा बढी अंकले घटेको शेयर बजार सोमवार सोही गतिमा बढेको छ ।
१ बजेर १५ मिनेट जाँदाको स्थितिमा बजार १ सय ७ दशमलव ४ अंकले बढेर २९२६.२४ बिन्दुमा कायम भएको छ ।
बजार उल्लेख्य बढेपनि कारोबारको सपोर्ट भने खासै देखिँदैन । यो समाचार तयार पार्दासम्म झण्डै साढे ४ अर्बको कारोवार भएको छ ।
अघिल्लो दिन शेयर बजार ५ प्रतिशतले घटेपछि ४० मिनेटसम्म सर्किट ब्रेकर नै लगाउनु परेको थियो ।