साताको दोस्रो दिन शेयर बजार मापक नेप्से परिसूचक ३२.६७ अंकले घटेको छ ।
यसदिन परिसूचक १.२४ प्रतिशतले घट्दा बजार २६०७.६७ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार, यस दिन २ सय ७ कम्पनीहरूको २ करोड १६ लाख १४ हजार ४ सय ५२ कित्ता शेयर ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६ सय ७१ रुपैयाँमा किनबेच भएको छ ।
यसदिन लगानीकर्ताहरू हाइड्रोपावरतर्फ आकर्षित भएका छन् । अन्य सबै उपसमूहहरूको सूचक घट्दा हाइड्रोपावर र अन्य समूहमा मात्र लगानीकर्ताको आकर्षण छ । यी दुई कम्पनीहरूमा क्रमशः हाइड्रोपावर २.२६ प्रतिशतले ब...