६ महिनामै जन्मियो स्वस्थ बच्चा !

काठमाडौं : नेपालमा २८ हप्तासम्म गर्भपतन गर्न पाउने कानुनी व्‍यवस्था छ। तर, २८ हप्तामा गर्भपतन गर्नु हत्या जस्तै हुने भन्दै यस विषयमा धेरै स्त्रीरोग विशेषज्ञहरूले बेलाबेलामा यो कानुन संशोधन गर्नुपर्ने बताइरहेका छन्।चिकित्सकहरूले भनेझैँ चाबहिलस्थित ओम अस्पतालमा २७ हप्तामा स्वस्थ बच्‍चा जन्मिएको छ।एक महिनाअघि कपनकी निलम गुरुङ गर्भवती भएको २७ हप्ता मात्रै भएको थियो। उनलाई एक्कासि स्वास्थ्यमा समस्या देखियो, त्यसपछि उनी नियमित परीक्षण गर्दै आएका वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा प्राडा जागेश्वर ग

सम्बन्धित सामग्री

सङ्क्रमित महिलाले जन्माइन् स्वस्थ बच्चा

समयमै उपचार सुरु गरेपछि पछिल्ला वर्षहरूमा बाँकेका एचआइभी सङ्क्रमित महिलाले स्वस्थ बच्चा जन्माउन थालेका छन् ।

आफैंले वीर्यको सुई लगाएर गर्भाधान, बच्चा जन्मिएपछि सबै तिनछक

एकजना युवतीले आफ्नो गर्भाधान तथा सन्तान प्राप्तिको बारेमा गरेको खुलासाले सबैलाई तिनछक बनाइदिएको छ । ती युवतीले वीर्य भरिएको सुई आफैंले आफ्नो यौनांगबाट लगाएर गर्भाधान मात्र गरिनन् स्वस्थ बच्चा पनि जन्माउन सफल भएकी छिन् । २३ वर्षकी युवतीको नाम सेनन नाजरोभिज हो । बेलायतको म्यानचेस्टरमा बस्ने सेननले आफ्नो गर्भासयसम्म शुक्रकिट पुर्‍याउनका लागि वीर्य भरिएको कालपोल […]

एचआईभी संक्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआईभी संक्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको छ।

स्वस्थ बच्चा जन्माउन गर्भवती महिलाले यी कुरामा ध्यान दिनुपर्छ

काठमाडौं । जब कुनै महिला गर्भवती हुन्छिन्, उनले सबैभन्दा पहिले सोच्ने कुरा भनेको बच्चा स्वस्थ जन्मियोस् । त्यसो त गर्भावस्था महिलाको लागि एकदमै जटिल समय हो । यो बेला स-साना कुरामा ध्यान नदिए निकै जोखिमपूर्ण अवस्थाको समेत सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले, स्वस्थ बच्चा र स्वस्थ आमाका लागि यो संवेदनशील समयमा गर्भवती महिला र परिवारका […]

के छारे रोगीले स्वस्थ बच्चा जन्माउन सक्छन् ?

काठमाडौँ जडीबुटी बस्दै आएकी बुटवलकी राधा (नाम परिवर्तन) गर्भवती भएको थाहा पाएपछि आत्तिँदै थापाथलीस्थित प्रसूति गृहमा परीक्षण पुगेकी पुगिन् । बिना योजना गर्भ बसेको थाहा पाएपछि बच्चाको स्वास्थ्यावस्था र आफ्नो स्वास्थ्यबारे पिरोलिँदै अस्पताल पुगेकी थिइन् । गर्भवती भएको थाहा पाएपछि उनी आत्तिनुको कारण उनले विगत चार वर्षदेखि मिर्गी रोगको औषधि सेवन गर्दै आएकी छन् ।चिकित्सकहरूका अनुसार मिर्गी अर्थात् छारे रोग जसलाई पनि लाग्न सक्छ । तर, छारे रोगी गर्भवती हुँदा आमा र बच्चाको स्वास्थ्यावस्थामा जट

के एचआईभी संक्रमित आमाबुवाबाट जन्मन्छन् स्वस्थ बच्चा ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको एआरटी सेन्टरमा दैनिक सरदर ३२ जना एचआईभी संक्रमित औषधि र परामर्श लागि आउने गर्छन् । साथै, एचआईभी परीक्षणका लागि दैनिक २० जनाभन्दा बढी पुग्ने गर्छन् । सो अस्पतालकी मेडिकल अफिसर डा.लीना देवकोटा एचआईभी संक्रमित आमाबुवाबाट जन्मेका बच्चा सय प्रतिशत स्वस्थ हुने बताउँछिन् । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एचआईभी संक्रमित दम्पत्तीबाट ५६ जना बालबालिकाको जन्म भइसकेको छ ।सरकारले सन् २०३० सम्ममा एचआईभी संक्रमणमुक्त देश बनाउने लक्ष्य राखेको छ

‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

“स्वस्थ आमा, स्वस्थ बच्चा” भन्ने मूल नाराका साथ सञ्चालनमा ल्याएको कार्यक्रमले आमा र नवजात शिशुको जीवन सुरक्षित हुने उपाध्यक्ष विश्वकर्मा बताउँछिन्। भत्ता रकम दुई हजार हुनेछ । सो कार्यक्रमलाई गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ।...

कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया, जन्माइन् स्वस्थ बच्चा

दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेखमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया भएको छ। दुल्लु नगरपालिका–९ की गर्भवतीले शल्यक्रिबाट बच्चा जन्माइएकी स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा कार्यरत डा जगत थापाको टोलीले सफल शल्यक्रिया गरेको हो। शल्यक्रियाबाट जन्मेका बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा थापाले जानकारी दिए।  उनलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य सेवा कार्यालयमा ल्याइएको थियो। सुत्केरी गराउने क्रममा उनक

चीन: दुई पोथी मुसाबाट स्वस्थ बच्चा

चीनका वैज्ञानिकहरूले आनुवंशिक प्रविधिको प्रयोग गरि दुईवटा पोथी मुसाबाट स्वस्थ बच्चा जन्माएको बताएका छन्। कतिपय विज्ञहरूले यो सफलताले भविष्यमा मानिसहरूमा पनि काम गर्न सक्ने देखाएको बताएका छन्।