न्युजिल्याण्डकी सांसद जुली एनी जेन्टर आजकाल चर्चामा छिन् । साइकल चढेर अस्पताल पुगेर बच्चा जन्माएका कारण उनी चर्चामा आएकी छिन् । वास्तवमा जुलीलाई आइतबार बिहानै सुत्केरी व्यथा लाग्यो । त्यसपछि उनी आफ्नो विद्युतीय साइकल चढेर अस्पताल पुगिन् । त्यहाँ डाक्टरले उनलाई सुत्केरी गराए ।जुलीले आफ्नो यो अनुभव सोसल मिडियामा सेयर गरेकी छिन् । उनले बच्चाको थुप्रै तस्बिर पोस्ट गर्दैै लेखिन्, ‘ठूलो खबर, बिहान ३ः०४ बजे हामीले परिवारको सबैभन्दा नयाँ सदस्यको स्वागत गर्यौं । सुत्केरी व्यथाले च्यापेका बेला