दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेखमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया भएको छ। दुल्लु नगरपालिका–९ की गर्भवतीले शल्यक्रिबाट बच्चा जन्माइएकी स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा कार्यरत डा जगत थापाको टोलीले सफल शल्यक्रिया गरेको हो। शल्यक्रियाबाट जन्मेका बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा थापाले जानकारी दिए। उनलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य सेवा कार्यालयमा ल्याइएको थियो। सुत्केरी गराउने क्रममा उनक