शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको एआरटी सेन्टरमा दैनिक सरदर ३२ जना एचआईभी संक्रमित औषधि र परामर्श लागि आउने गर्छन् । साथै, एचआईभी परीक्षणका लागि दैनिक २० जनाभन्दा बढी पुग्ने गर्छन् । सो अस्पतालकी मेडिकल अफिसर डा.लीना देवकोटा एचआईभी संक्रमित आमाबुवाबाट जन्मेका बच्चा सय प्रतिशत स्वस्थ हुने बताउँछिन् । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एचआईभी संक्रमित दम्पत्तीबाट ५६ जना बालबालिकाको जन्म भइसकेको छ ।सरकारले सन् २०३० सम्ममा एचआईभी संक्रमणमुक्त देश बनाउने लक्ष्य राखेको छ