चीनसँग सीमाविवादको सामना गरिरहेको भारतीय सेनाले वास्तविक नियन्त्रण रेखा नजिकको परम्परागत चरणमा वस्तुभाउ चराउन रोक लगाएको छ ।
यसले गर्दा चीनले भारतको भूमि हडप्ने गरी सलामी स्लाइसिङको अवसर पाएको भारतीय विश्लेषकहरूले बताएका छन् । पशुपालकहरूले वस्तुभाउ चराउने क्रममा चिनियाँहरूको गतिविधिमा नजर राख्ने गरेको तर अब त्यो अवसर गुमेको बताइएको छ ।
‘चिनियाँहरूले आफ्ना घुमन्ते पशुपालकहरूलाई स्वतन्त्रतापूर्वक हिँडडुल गर्न दिएका छन् । उनीहरू त्यही घुमन्तेहरूमार्फत हाम्रो भूमिमा अतिक्रमण गर्छन्,’ कोनचोक स्टान...