भारतीय डिजिटल कार्ड 'रु पे' लाई नेपालमा मान्यता दिँदा के-के फाइदा?

भारतको विश्वव्यापी कार्ड प्रणाली 'रु पे' लाई नेपालमा प्रयोग अनुमति दिँदा दुई देशबीच हुने वित्तीय कारोबारमा पारदर्शिता बढ्ने नेपाल राष्ट्र ब्याङ्कका एक अधिकारीले बताएका छन्।भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिवार संयुक्त रूपमा 'रु पे' नेपालमा पनि प्रयोगमा ल्याउने घोषणा गरेका छन्।भारतीय राष्ट्रिय भुक्तान निगम एनपीसीआईबाट जारी हुने 'रु पे' विश्वव्यापी कार्ड प्रणाली भिसा र मास्टर कार्ड जस्तै भारत आफैँले सुरुवात गरेको ब्याङ्किङ कार्ड हो।भारतीय प्रधानमन्त्री मोदीले यसले दुई देशबीच डिजिटल भुक्तानीलाई बढावा दिने उल्लेख गरेका छन्।'नेपालमा RuPay कार्डको उपलब्धता वित्तीय जडानतर्फ अर्को ठुलो कदम हो र यसले डिजिटल भुक्तानीलाई बढवा दिनेछ,' मोदीले ट्विट गर्दै भनेका छन्।सन् २०१२ मा सुरुवात भएको यो कार्ड अहिले करिब ७० करोड भारतीयहरूले प्रयोग गरिरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।भारतमा विभिन्न प्रणालीका करिब एक अर्ब ब्याङ्किङ कार्ड प्रयोगकर्ताहरू रहेको बताइन्छ। जसमध्ये करिब ६० प्रतिशतले 'रु पे' प्रयोग गर्ने दाबी गरिएको छ।नेपाललाई के फाइदानेपाल राष्ट्र ब्याङ्कको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल भारतमा ठूलो सङ्ख्यामा प्रयोगकर्ताहरू रहेको कार्ड प्रणालीले नेपालमा पनि प्रयोग अनुमति पाउँदा तत्कालका लागि नेपाल घुम्न आउने भारतीयहरूले गर्ने खर्च पारदर्शी बनाउन सहयोग पुग्ने बताए।'नगद कारोबार हुँदा जति पारदर्शिता हुन्थ्यो डिजिटल कारोबार हुँदा त्यो भन्दा बढी पारदर्शिता हुने भयो। किनभने यसको अभिलेख हुन्छ र यसमा नियामक निकायहरूको पहुँच हुन्छ,' उनले भने।यसले नेपालका वित्तीय संस्थाहरूलाई पनि भारतीय ब्याङ्कहरूसँग हुने कारोबार मिलाउन सहज हुने उनी बताउँछन्।भारतीय विदेश मन्त्रालयले तयार गरेको एक भिडिओमा नेपालमा 'रु पे' को प्रयोग अनुमतिपछि भारतीय पर्यटक र तीर्थयात्रीहरूलाई थप सहज हुने दाबी गरिएको छ।यसले भारतीय नागरिकहरूले नेपालमा गर्ने खर्चको अभिलेख राख्न पनि सहयोग पुग्ने पौडेलले बताए। उनका अनुसार भारतीय कार्डको प्रयोग नेपालमा सहज बनाइँदा सीमा पार अपराध र गैर कानुनी कारोबार समेत हतोत्साहित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।'उताबाट पनि कानुनी रूपमा आर्जन गरिएको पैसा मात्र आउने भयो। किनभने ब्याङ्कमा खाता खोलेर त्यहाँ जम्मा गरेर नेपालमा पनि ब्याङ्किङ प्रणालीबाटै पैसा निकाल्नुपर्‍यो,' नेपालको केन्द्रीय ब्याङ्कका कार्यकारी निर्देशक पौडेलले भने।कुनै पनि देशको ब्याङ्किङ प्रणालीमा जोडिँदा देशलाई फाइदा पुग्ने नेपाल च्याम्बर अफ कमर्सका ब्याङ्किङ कमिटी प्रमुख अनलराज भट्टराई बताउँछन्।'नेपाल र भारतबीच ब्याङ्किङ प्रणाली जोडिँदा सीमा पार भुक्तानीलाई सहज गर्छ। हाम्रोमा कतिपय ठाउँमा नगद नै ओसार पसार पनि हुने गरेको सन्दर्भमा यसले धेरै फाइदा पुग्छ,' उनले भने।भौतिक मुद्राको ओसारपसार कम हुँदा विगतमा भारतले गरेजस्तो नोटबन्दीको असर पनि नेपालमा कम हुने भट्टराई बताउँछन्।कसरी प्रयोग गर्नेनेपाल राष्ट्र ब्याङ्कका अनुसार पहिलो चरणमा भारतीय कार्डबाट नेपाल एसबीआई ब्याङ्कका एटीएम बुथहरू प्रयोग गरेर नेपाली नगद निकाल्न सकिन्छ।भारतीय विदेश मन्त्रालयले नेपालमा १४०० मसिनहरूबाट पैसा निकाल्न मिल्ने भारतले विदेश मन्त्रालयले बताएको छ। एटीएम बाहेक विभिन्न बजारहरूमा राखिएका पस (प्वाइन्ट अफ सेल्स) बाट पनि यसको प्रयोग गर्न सकिने राष्ट्र ब्याङ्कले जनाएको छ।पहिलो चरणमा अन्य ब्याङ्कहरूबाट 'रु पे' कार्ड प्रयोग गरेर नगद निकाल्न नसकिने राष्ट्र ब्याङ्कका अधिकारीले जानकारी दिए।'हाललाई एसबीआई ब्याङ्कका एटीएम र 'पस'हरूमा यसको प्रयोग हुनसक्ने भयो,' कार्यकारी निर्देशक पौडेलले भने। 'तर हामी सबै ब्याङ्क तथा वित्तीय संस्थाबाट यसको कारोबार हुनुपर्छ भन्नेमा छौँ।'अहिले यस्ता कार्डहरू नेपालबाट जारी नहुने भएकाले नेपालका वित्तीय संस्थामा खाता खोल्ने नेपाली वा भारतीयहरूले भने यो कार्ड लिन नसक्ने राष्ट्र ब्याङ्कले जनाएको छ।कति रकम कारोबार गर्न पाइन्छनेपाल राष्ट्र ब्याङ्कले तत्कालका लागि नेपालको ब्याङ्कमा 'रु पे' प्रयोग गरेर नगद निकाल्दा फरक मापदण्ड लागु नगरिएको जनाएको छ।नेपालमा एटीएमबाट एक पटकमा २०,००० देखि २५,००० र एक दिनमा १००,००० सम्म नगद निकाल्न सकिन्छ भने क्यू आर कोडको माध्यमबाट २००,००० सम्मको किनमेलमा भुक्तानी गर्न सकिन्छ।तर भारतबाट जारी हुने कार्डबाट नेपालमा गर्न सकिने खर्च भारतीय नियमले पनि प्रभावित हुनसक्ने राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक पौडेलले बताए।अहिले नै प्रयोग गर्न मिल्छ?केशर महलस्थित नेपाल एसबीआई ब्याङ्क लिमिटेडको कर्पोरेट कार्यालयले नेपालमा रू पे प्रयोगमा आइसकेको जानकारी दिएको छ।'नेपाल एसबीआई ब्याङ्कका एटीएम टर्मिनलहरूमा रू पेका अन्तर्राष्ट्रिय कारोबारहरू सुरु गरिएको छ। सबै प्रकारका आन्तरिक वा विश्वव्यापी रू पे कार्डहरू पोस टर्मिनलहरूमा पनि स्वीकार गर्न सुरु गरिसकेका छौँ,' उक्त ब्याङ्कले इमेलमा भनेको छ।नेपाल राष्ट्र ब्याङ्कले प्रधानमन्त्रीको भ्रमणअघि नै आफ्नो तर्फबाट उक्त कार्ड नेपालमा प्रयोग अनुमतिका लागि सबै प्रक्रिया पूरा गरेको पौडेलले जानकारी दिए। -बिबिसीबाट 

सम्बन्धित सामग्री

अबैध भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१६ दक्षिण गेटबाट एक जना भारतीय नागरिकलाई भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।...

भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर–१६ दक्षिण गेटबाट एक जना भारतीय नागरिकलाई भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।...

प्रतिबन्धित भारतीय नोटसहित दुई भारतीय पक्राउ

वीरगन्ज । वीरगन्जस्थित सीमा क्षेत्रका सुरक्षाकर्मी र भन्सारका जाँचकीलाई छक्याई करिब ६ लाख भारतीय प्रतिबन्धित नोट बोकेर सीमा वारपार गर्दै गरेका दुई भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । भारतीय प्रतिबन्धित नोट २ हजार, ५ सय, २ सयलगायत गरी ५ लाख ७५ हजार ८ सय बोकी सीमामा वारिपारि गर्दै गरेका दुई भारतीय अभियुक्तलाई पर्सा […] The post प्रतिबन्धित भारतीय नोटसहित दुई भारतीय पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतीय रुपैयाँ बोकेर हिँडिरहेका दुई भारतीय नागरिक समातिए

काठमाडौं : अवैध रुपमा भारतीय रुपैयाँ लिएर हिँडेका दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित १ नम्बर ढाटबाट भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो। भारत हरियाणा बहादुरगन्ज बस्ने वर्षीय ३० वर्षीय सन्नी गुप्ता र ४३ वर्षीय सुरेन्द्र कुमारलाई नियन्त्रणमा लिएको…

भारतीय सैनिक विमान भैरहवामा

काठमाडौँ । २५६६ औँ बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्व-तयारीका लागि भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ। जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी आउने कार्यक्रम तय भइसकेको छ। भारतीय प्रधानमन्त्री मोदीको सोही आगमनको पूर्व-तयारीका लागि बुधबार बिहान भारतीय वायु सेनाको विमानमार्फत भारतीय सैनिक […]

किभस्थित भारतीय दूतावास बन्द भएको छैन – भारतीय विदेशमन्त्रालय

काठमाडौं– युक्रेनको राजधानी किभस्थित भारतीय दूतावास बन्द बन्द नगरिएको भारतीय विदेशमन्त्रालयले स्पष्ट पारेको छ । विदेश मन्त्रालयलका प्रवक्ता अरिन्दम बागचीले किभस्थित भारतीय दूतावास पूर्ण सञ्चालनमा रहेको स्पष्ट पारे । यद्यपि दूतावासका केही कर्मचारीहरु भने पश्चिमी शहर लभिभ तर्फ सरेको भएपनि किभस्थित दूतावास पूर्ण सञ्चालनमा रहेको जनाएका हुन् । ‘लभिभमा पनि हाम्रो टिमले काम गरिरहेको छ […]

भारतीय रुपैयाँसहित १ जना भारतीय पक्राउ

रौतहट : ईशनाथ नगरपालिका–१ बन्जरहाबाट एक लाख ८० हजार अवैध भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।भारत बिहार राज्य शिवहर बेलवाघाट–५ बस्ने २२ वर्षीय सुशिलकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।बन्जराहस्थित बकैया खोलाको बाँधमा सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई अवैध रुपमा झोलामा बोकी हिँडेको उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो।साहलाई भारतीय रुपैयाँसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय

भारतीय मिडिया : चिनियाँ सेनासँग लड्न भारतीय सेनालाई त्रिशूल र बज्र

लद्दाखको गलवान घाटीमा जस्तै चिनियाँ सैनिक र भारतीय सेनाबीच फेरि झडप भए अब भारतीय सैनिक हाबी हुने भन्दै भारतीय मिडियाहरूले सामाचार प्रकाशित गरेका छन् । नोयडाको एक कम्पनीले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा चिनियाँ सैनिकहरूसँग भिड्नका लागि कम घातक तर खतरनाक हतियार बनाएको भारतीय मिडियाहरूले दाबी गर्दै उक्त हतियारले चिनियाँ सैनिकलाई कडा जवाफ दिने बताएका छन् । गत वर्ष चिनियाँ सेना र भारतीय सेनाबीच गलवान घाटी भएको भिडन्तमा भारतका कम्तिमा २० जना सैनिकको मृत्यु भएको थियो । त्यसपछि सुरक्षाबलल

अमेरिकन डलर र भारतीय रुपैयाँ सहित दुई भारतीय पक्राउ

अवैध ओसारपसार गर्दै गरेको अमेरिकन डलर र भारतीय रुपैयाँ सहित दुई जना भारतीय पक्राउ परेका छन् । विराटनगर १७ स्थित मटेरुवा नाकाबाट  शुक्रबार  प्रहरीले अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना...

भारतीय नोट सहित दुई जना भारतीय नागरिक पक्राउ

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट भारतीय र अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउ का ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई भारतीय र अमेरिकन डलरसहित नियन्त्रणमा लिएको हो ।एक प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी  उपरीक्षक नविनराज राईका अनुसार शुक्रबार साँझ  भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरूको साथबाट भारतीय नोट ५०० को २०० थान १ लाख