राष्ट्रपति भण्डारीको पोखरामा यस्तो छ कार्यक्रमको सूची

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरामा हुने विभिन्न कार्यक्रम सहभागी हुने भएकी छन्।हिजै पोखरा पुगेकी राष्ट्रपति भण्डारीले आज बिहान साढे ८ बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने कार्यक्रम छ। ११ बजे विन्ध्यावासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए। उनकाअनुसार राष्ट्रपति भण्डारी आजै दिउँसो १ बजे तमुधीमा ट्वहोटे पर्वको कार्यक्रममा सहभागी हुनछिन्। उनी आजै काठमाडौँ फर्कने कार्यक्रम छ।

सम्बन्धित सामग्री

पोखरामा विश्व खाद्य कार्यक्रमको सहायता स्थल बन्दै

पोखरा – पोखरामा मानवीय सहायता स्थल बन्ने भएको छ। विश्व खाद्य कार्यक्रमले पोखराको घारीपाटनस्थित पूरानो विमानस्थलमा मानवीय सहायता स्थल बनाउन लागेको हो। बिहीबारदेखि निर्माण सुरु हुने सहायता स्थल ४ महिनामा सक्न लक्ष्य रहेको विश्व खाद्य कार्यक्रमका कार्यक्रम प्रबन्धक मोति थापाले जानकारी दिए। उनका अनुसार १६१ हजार अमेरिकी डलर लागतमा निर्माण हुनेछ। यूरोपेली युनियनको सहयोगमा सहायता […]

‘गल्फ एन्ड बियोन्ड’ चैत पहिलो साता पोखरामा

११ फागुन, पोखरा । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य छ । कार्यक्रमको प्रमुख प्रायोजक एनसेल रहेको छ । सह–प्रायोजक […]

पोखरामा राससको अभिमुखीकरण कार्यक्रम

गण्डकी, २४ पुस । राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा गण्डकी प्रदेशमा कार्यरत राससका समाचारदाताका लागि अभिमुखीकरण कार्यक्रम आजदेखि पोखरामा सुरु भएको छ । रासस गण्डकी प्रदेश कार्यालयको संयोजन र गण्डकी प्रदेश सरकारको सहयोगमा आयोजित अभिमुखीकरण कार्यक्रमको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शुभारम्भ गरे । सो अवसरमा मन्त्री जुग्जालीले नागरिकमा […]

१२ पुसदेखि पोखरामा ‘स्ट्रिट फुड फेस्टिभल’ आयोजना हुने

६ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पोखरामा भव्य ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रमको आयोजना हुने भएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सव आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) ले १२-१६ पुससम्म सडक महोत्सव हुने जानकारी दिएको हो। महोत्सव आयोजनाको रजत वर्ष भएकाले यसपटक […]

पोखरामा तीज सांस्कृतिक महोत्सव हुने

पोखरा– हरितालिका तीजको अवसरमा भदौ २५ देखि २७ गतेसम्म पोखरामा तीज सांस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने भएको छ ।  पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा हुने उक्त कार्यक्रमको विषयमा शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी  दिइएको छ  । तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरूको सहभागिता रहने टेवानकी अध्यक्ष कमला […]

पोखरामा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको समीक्षा

पोखरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले ठूलो योगदान पुर्याएको भन्दै सरोकारवालाले यस कार्यक्रमको अझै प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश सरकारको सहजीकरणमा आयोजित नेपाल सरकार, प्रदेश सरकार र विकास साझेदारहरु बीच […]

सांगीतिक कार्यक्रमको प्रायोजक ‘खुकुरी रम’

पोखरामा सुरु हुने ‘१० औं नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गर्ने भएको छ।...

नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड पोखरामा सम्पन्न

काठमाडौं, ९ भदौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्याकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका थिए । उनले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका […]

सातै प्रदेशका योजना आयोग उपाध्यक्ष पोखरामा

सातवटै प्रदेशका योजना आयोग उपाध्यक्ष तथा सदस्य र सदस्य सचिवहरु पोखरामा भेला भएका छन् । संस्थागत क्षमता विकासका लागि साझा दस्तावेज तयार गर्न उनीहरु पोखरा आएका हुन् । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले उक्त कार्यक्रमको आयोजना गरेको हो ।भेलालाई सम्बोधन गर्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतान्त्रिक व्यवस्थामा आधारित समाजवाद स्थापना सबैको साझा लक्ष्य भएकोले प्रदेश सरकारहरुले थप मेहनत जरुरी रहेको बताए ।संविधान र कानुनले दिएका अधिकार प्रयोग गर्न समेत संघ सरकारले वाधा गरेको उनक

प्रभु लाइफको बिजनेस कन्फरेन्स पोखरामा

प्रभु लाइफ इन्स्योरेन्सले पोखरामा ‘बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ सम्पन्न गरेको छ ।कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता एवं शाखा उपशाखा कार्यालयका कर्मचारीलाई सम्मानित गरेको हो । बिजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए ।कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यावसायिक रणनीति तथा अवलम्बन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेसन […]