पोखरामा विश्व खाद्य कार्यक्रमको सहायता स्थल बन्दै

पोखरा – पोखरामा मानवीय सहायता स्थल बन्ने भएको छ। विश्व खाद्य कार्यक्रमले पोखराको घारीपाटनस्थित पूरानो विमानस्थलमा मानवीय सहायता स्थल बनाउन लागेको हो। बिहीबारदेखि निर्माण सुरु हुने सहायता स्थल ४ महिनामा सक्न लक्ष्य रहेको विश्व खाद्य कार्यक्रमका कार्यक्रम प्रबन्धक मोति थापाले जानकारी दिए। उनका अनुसार १६१ हजार अमेरिकी डलर लागतमा निर्माण हुनेछ। यूरोपेली युनियनको सहयोगमा सहायता […]

सम्बन्धित सामग्री

अफगानिस्तानका धेरै परिवार आफ्ना बालबालिकालाई खाना खुवाउन नसक्ने अबस्थामा

विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले अफगानिस्तानमा ३० लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने चेतावनी दिएको छ । खामा प्रेस समाचार एजेन्सीले गत वर्ष वैदेशिक सहायता घटेकाले कुपोषित बालबालिकाको उपचार गराउने क्रम बढेको बताएको हो । अफगानिस्तानमा डब्ल्युएफपीका पोषण प्रमुख मोना शेखलाई उद्धृत गर्दै खामा प्रेसले भनेको छ, “हामी करिब १६ लाख कुपोषित बालबालिकालाई सहयोग गर्न सक्षम हुनेछौँ […]

राष्ट्रसंघीय खाद्य निकायद्वारा अफगानिस्तानका लागि सहायता कटौतीको घोषणा

काबुल– संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बजेट अभावका कारण अफगानिस्तानलाई दिँदै आएको सहायता कटौती गर्ने घोषणा गरेको  छ ।  सोमबार प्रकाशित भिडियोमा डब्लुएफपीले कडा जाडो मौसममा बजेट अभावका कारण करिब एक करोड मानिसलाई खाद्य सहायता घटाउन बाध्य हुनुपरेको बताएको छ । साथै उसले अन्तर्राष्ट्रिय निकायहरूसँग हालको जाडोमा अफगानिस्तानका जनतालाई सहयोग गर्न आह्वानसमेत गरेको […]

उपनिर्देशक  कार्लद्वारा अफगानिस्तानमा तत्काल राहत कोषको लागि आह्वान

अफगानिस्तानमा जाडो प्रकोप रोक्नको लागि, संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम डब्लुएफपी का उपकार्यकारी निर्देशक कार्ल स्काउले ब्रसेल्स बैठकमा तत्काल राहत कोषको लागि अपील गरेका छन्।   यसको उद्देश्य देशमा सम्भावित जाडो प्रकोप रोक्न हो।बैठकको उद्देश्य आगामी हिउँदमा अफगान जनतालाई सहयोग गर्ने योजना र रणनीति बनाउनु हो, जसलाई स्काउले उल्लिखित गरेका छन्।हालका महिनाहरूमा आर्थिक अवरोधका कारण, डब्लुएफपी अफगानिस्तानमा आफ्नो महत्त्वपूर्ण सहायता प्रयासहरू घटाउन बाध्य भएको छ। त्यसैले आज दाताहरूल

पूर्वी कङ्गोबाट बुरुन्डीमा शरणार्थी बनेकाको खाद्यान्नमा आधाले कटौती हुने

पूर्वी कङ्गोबाट बुरुन्डीमा शरणार्थी बनेकाको खाद्यान्नमा आधाले कटौती हुने भएको छ । भोलि अप्रिल एकदेखि खाद्यान्न सहायता रासन आधा कटौती गरिने विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले घोषणा गरेको छ । झण्डै ५६ हजार कङ्गोली शरणार्थी बुरुन्डीका पाँच वटा शिविरमा छन् । उनीहरुको खाद्य आवश्यकताको लागि कोषको कमीको कारण आधा मात्र सहयोग जाने संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व खाद्य कार्यक्रमले भनेको छ । विश्व बैंकले बुरुन्डीलाई प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको आधारमा विश्वको सबैभन्दा गरिब देशको सूचीमा राखेको छ । डब्ल्यूएफपीका अनुसार अहि...

बैतडीकाे चमेलिया नदीमा ‘रबर बोट’ काे परीक्षण

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-६ शेरास्थित चमेलिया नदीमा ‘रबर बोट’ काे परीक्षण गरिएको छ । बाढी जन्य विपदमा उद्धारका लागि पहिलो पटक उपलब्ध भएको ‘रबर बोट’ लाई परीक्षण गर्नका लागि अभ्यास गरिएको हो । तटीय क्षेत्रमा हुने विपदजन्य घटनाहरुको समुचित व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यसहित गृह मन्त्रालयको समन्वय तथा विश्व खाद्य कार्यक्रम अन्तर्गत मानवीय सहायता स्थलको […]

खाद्य सहायता जहाज युक्रेनबाट यमन प्रस्थान

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले ३७ हजार मेट्रिक टन गहुँ बोकेको  जहाज मङ्गलबार युक्रेनको युजन्हीको ब्ल्याक सी बन्दरगाहबाट यमनतर्फ प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । गत “फेब्रुअरीमा (रूसी–युक्रेनी) द्वन्द्व सुरु भएदेखि युक्रेनबाट भएको खाद्य सहायताको यो दोस्रो सामुद्रिक ढुवानी हो,“ विज्ञप्तिमा भनिएको छ ।यो ढुवानीले यमनका करिब ४० लाख मानिसलाई एक महिनाका लागि सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ । यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ जसले दे

श्रीलङ्कामा लाखाैँ नागरिकलाई सहायताको खाँचो

संयुक्त राष्ट्र सङ्घले श्रीलङ्काका गर्भवतीका लागि खाद्यान्न सहायता पठाउन थालेको छ । राष्ट्र सङ्घका अनुसार श्रीलङ्काका पाँचमध्ये चार जनाले खर्च धान्नका लागि खाना खान नै छोड्न थालेका छन् । राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम डब्लूएफपीले ‘जीवन बचाउने सहयोग’ अन्तर्गत झण्डै दुई हजार गर्भवतीलाई खाद्यान्न सहयोग वितरण गर्न थालेको जनाएको छ । एसिया र प्रशान्त महासागरका डब्ल्यूएफपी उपक्षेत्रीय निर्देशक एन्थिया वेबले २ करोड २० लाख जनसङ्ख्या रहेको श्रीलङ्काका गरिब नागरिकलाई खाना औषधिजस्ता आधारभूत आवश्यकताका वस्तु खरिद गर्न कठिन भइ...

खाद्य सङ्कट टार्न बारेकोटमा खाद्य बैंक

जाजरकोट । वर्षेनी खाद्य सङ्कट झेल्दै आएको बारेकोटमा खाद्य बैंक स्थापना गर्न पहल सुरु भएको छ । विश्व खाद्य कार्यक्रम, बारेकोट गाउँपालिका र अन्य दाताको सहयोगमा खाद्य बैंक स्थापना गर्न लागिएको होे । विभिन्न निकायको सहयोगमा खाद्यान्न भण्डारण गरी प्राकृतिक प्रकोपबाट प्रभावित तथा खाद्य सङ्कट परिरहेका नागरिकलाई खाद्यान्न सहायता गर्न खाद्य बैंकको अवधारणा अघि सार्दै […]