डिजिटल बैङ्किङ क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा सुविधा प्रदान गर्दै आइरहेको कुमारी बैङ्कले नेपालीहरूको महान् चाड बडा दसैँको उपलक्ष्यमा “डिजिटल दक्षिणा” अभियान ल्याएको छ। कोरोना महामारीले निम्त्याएको आफन्तजन बिचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बिचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याइएको बैङ्कका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले व्यक्त गरेका छन्।