काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैँको उपलक्ष्यमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ ।कोरोना महामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दुरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याइएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए ।यसै सन्दर्भमा चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टिका, रंग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्ष