कुमारी बैंक लिमिटेड र यती एअरलाइन्स प्रालिबीच ‘स्वाइप एण्ड फ्लाई अभियान’ अन्तर्गत व्यवसायिक सहकार्य गरिएको छ । नेपालको निजी बैंकमा भिन्न पहिचान बनाएको कुमारी बैंक र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्सबीच व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपमा नेपालमै पहिलोपटक ‘स्वाइप एण्ड फ्लाई अभियान’को सुरुवात गरेका हुन् ।