सय जलविद्युत कम्पनीको साधारणसभा प्रभावित

नेपाल विद्युत नियमन आयोग निष्कृय भएपछि एक सयभन्दा बढी जलविद्युत कम्पनीको साधारणसभा प्रभावित भएको छ । सरकारले आयोगका सदस्यहरुको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गरेपछि एक साता अघिदेखि अध्यक्ष र दुई सदस्य निलम्बनमा परेका छन् । योसँगै आयोगले काम गर्न नसक्दा जलविद्युत प्रवद्र्धक कम्पनीहरुको साधारणसभा प्रभावित भएको हो ।पुसभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था भए […]

सम्बन्धित सामग्री

रुरु जलविद्युतले १०.५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?

रुरु जलविद्युत आयोजनाले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यसमध्ये १० प्रतिशत बोनस सेयर बाँकी ०.५२ प्रतिशत नगद लाभांश छ । नगद लाभांश कर प्रयोजनको लागि हो ।गत शुक्रबार बसेको कम्पनीको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । संचालक समितिले गरेको निर्णय नियामक निकायबाट स्वीकृत भएर वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयन हुनेछ ।कम्पनीले आफ्नो १७ औं वार्षिक साधारणसभा पनि बोलाएको छ । आगामी कात्तिक ४ गते वार्षिक साधारणसभा गर्ने निर्णय कम्पनीको संचालक समितिले गरेको हो । वार्षिक

हिम पर्वत हाइड्रोको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव

हिम पर्वत हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । सभामा साधारण प्रस्तावतर्फ संचालक समितिको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७८/०७९ को वासलात, नाफा निक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिको अनुमोदन गर्ने, र कम्पनीलाई आवश्यक पर्ने बैक तथा वित्तिय संस्थावाट ऋण लिने सम्बन्धमा प्रस्ताव पेश हुने छ । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत सर्वसाधारणको लागि शेयर (IPO) निष्काशन गर्ने र प्रवन्धपत्र नियमावली संसोधन गर्ने प्रस्ताव पेश हुने छ।कम्पनीले दोलखामा ५.५ मेगावाटको सागु खोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

आँखुखोला जलविद्युत कम्पनीले एक साथ २ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार १२ गते बानेश्वर स्थित अपर्ण ब्यान्क्वेटमा सभा आह्वान गरेको हो।कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २७ गते बुक क्लोज गर्ने भएको छ । जेठ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव (क) सामान्य प्रस्ताव(१) संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने । (२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने । (३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७४/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने । कम्पनी ऐन, २०६३ को दफा ११२ अनुसार आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षणका लागि नियूक्त लेखापरिक्षक एन.थापा एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टटेन्स् को नियूक्ती अनुमोदन गर्ने । (४) विविध। (ख) विशेष प्रस्ताव (१) सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना महिला र संस्थापक समुह शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरि ४ जना संचालकहरुको चयन/निर्वाचन गर्ने । (२) विविध ।

चिलिमेको साधारणसभा आह्वान, यस्ता छन् ६ बुँदे प्रस्ताव

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते शुक्रबार महाराजगंज स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।   सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : १.सञ्चालक समितिको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने वारे। २. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल आषाढ मसान्तको वासलात र आ.व. २०७७/०७८ को नाफा/ (नोक्सान हिसाव तथा नगदप्रवाह विवरण (सम्बद्ध अनुसूचीहरू समेत) उपर छलफल गरी पारित गर्ने वारे।३. आ.व. २०७४/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने वारे।४. सञ्चालक समितिबाट सिफारिश भए बमोजिम साधारण सभा गर्दाको मितिमा कायम रहेको चुक्ता पूँजीको आधारमा आ.व. २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट ७.५% नगद लाभांश वापत रू.४७१०,५५,४४२/४६ (नियमानुसार सेयरधनीले तिर्नु पर्ने कर समेत बितरण गर्ने स्वीकृति सम्बन्धमा।विशेष प्रस्तावः १. कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने। २. सञ्चालक समितिबाट सिफारिश भए बमोजिम आ.व. २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट साधारण सभा गर्दाको मितिमा कायम रहेको चुक्ता पूँजीको ७.५% ले हुन आउने रकम रू.४७,१०,५५,४४२/४६ वरावरको वोनश शेयर बितरण गर्ने स्वीकृति सम्बन्धमा।

चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा

चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोयाणा गरेको हो । कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।कम्पनीको चुक्ता पूँजी ६ अर्ब २८ करोड ७ लाख २८ हजार ३९ हजार ६३२ रुपैयाँ छ । यस अनुसार ४७ करोड १० लाख ५५ हजार ४४२ रुपैयाँ नगद र यति नै बोनस सेयर वितरण गर्नेछ ।कम्पनीको साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ । कम्पनीले पुस २३ गते साधारणसभा आह्वान गरेको छ ।

सगरमाथा जलविद्युत कम्पनीले आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

सगरमाथा जलविद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १४ गते बुधबार अनामनगर स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।सभामा आईपिओ निष्काशनको लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिने सहितका विविध प्रस्ताव पेश हुने छन् । सभामा सामान्य प्रस्ताव अन्तर्गत संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने, आ.व.२०७८/०७९ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने र संचालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्।  त्यस्तै विशेष प्रस्तावहरु अन्तर्गत कम्पनीले प्रारम्भिक शेयर निश्काशन (IPO) जारी गर्नका लागि विद्युत नियमन आयोगबाट पुर्व स्विकृती लिने, कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने, र प्रस्तावित संसोधनमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुने छन्।कम्पनीले इलाममा ९.९९ मेगावाटको सुपर माई ए हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

सान्जेन जलविद्युत कम्पनीको साधारणसभा आह्वान

सान्जेन जलविद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १३ गते मंगलबार स्मार्ट क्याफे धुम्बाराहीमा सभा आह्वान गरेको हो ।कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूवाट आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदनको प्रस्तुत गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ अषाढ मसान्तसम्मको वासलात र आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा सम्वद्ध अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, कम्पनीको आ.व. २०७८/७९ को हिसाव किताव लेखापरिक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छन्। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गतेदेखि पुस १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।  यस कम्पनीले ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको  छ । माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान  सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।माथिल्लो सान्जेनको क्यासकेडको रुपमा रहेको सान्जेनको सुरुङ,सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ । विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।

रुरु जलविद्युत परियोजनाको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज ७ मा बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो ।  कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२०६ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य १३२७ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । कम्पनीले  असोज १६ गते भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको छ । साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । जस अनुसार कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष ७६/७७ अवधिको मुनाफाबाट चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।  त्यस्तै सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, संचालको अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्  । प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने छ  । सभाले सर्बसाधारणबाट प्रतिनिधित्व गर्ने १ जना र संस्थापकबाट प्रतिनिधित्व गर्ने ५ जना संचालकको निर्वाचन समेत गर्ने छ  ।

माथिल्लो तामाकोशीले बोलायो साधारणसभा

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दुई आर्थिक वर्षको साधारणसभा बोलाएको छ । कम्पनीले असोज १९ गतेलाई दुई वर्षको वार्षिक साधारणसभा एकैपटक बोलाएको हो । कम्पनीको साधारणसभा भर्चुअल माध्यमबाट हुने बताइएको छ । साधारणसभाले आर्थिक वर्ष २०७५/७६ मा उपलब्ध गराइएको आर्थिक सहयोग अनुमोदन लगायतका निर्णय गर्ने छ ।साधारणसभाका लागि कम्पनीले असोज ४ गते एकदिन बुक क्लोज गर्ने बताएको छ । जसअनुसार असोज ३ गतेसम्म कम्पनीका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन पाउँछन् ।