आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा सम्पन्न, सञ्चालक समितिमा इन्द्र कृष्ण श्रेष्ठ निर्वाचित

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारणसभा शुक्रवार (आज) काठमाडौंमा सम्पन्न भएको छ । ् सभाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगति प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । त्यसैगरी सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरेको छ । साथै सभाले लेखापरीक्षक नियुक्त गरी पारिश्रमिकसमेत निर्धारण गरेको छ ।  सभाबाट कम्पनीको सञ्चालकमा सर्वसाधारणबाट इन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।