हिम पर्वत हाइड्रोको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव

हिम पर्वत हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । सभामा साधारण प्रस्तावतर्फ संचालक समितिको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७८/०७९ को वासलात, नाफा निक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिको अनुमोदन गर्ने, र कम्पनीलाई आवश्यक पर्ने बैक तथा वित्तिय संस्थावाट ऋण लिने सम्बन्धमा प्रस्ताव पेश हुने छ । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत सर्वसाधारणको लागि शेयर (IPO) निष्काशन गर्ने र प्रवन्धपत्र नियमावली संसोधन गर्ने प्रस्ताव पेश हुने छ।कम्पनीले दोलखामा ५.५ मेगावाटको सागु खोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सम्बन्धित सामग्री

कुथेली बुखरी हाइड्रोको साधारणसभा आह्वान, आईपिओ निष्काशन तथा लाभांश प्रस्ताव

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ८ गते सभा आह्वान गरेको हो ।सभामा लाभांश पारित गर्ने, आईपिओ निष्काशन गर्ने, वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । यस कम्पनीले ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि सन् २०१५ सेप्टेम्बर देखि विद्युत उत्पादन गरिरहेको छ ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : साधारण प्रस्ताव : (१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदनको प्रस्तति र सोको अनमोदन गर्ने सम्बन्धमा । (२) लेखापरीक्षण प्रतिवेदन र आ.व. २०७४।०७९ को वार्षिक आर्थिक विवरण अन्तर्गत २०७९ साल आषाढ मसान्तसम्मको वासलात, २०७८ साल श्रावण १ गतेदेखि २०७९ साल आषाढ मसान्तसम्मको नाफा/नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचिहरुलाई छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा । (३) आ.व.२०७९/०८०  को लेखापरीक्षण गर्न लेखापरीक्षक नियक्त गरी  निजको पारीश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (४) संचालकज्यूहरुको बैठक भत्ता तोक्ने सम्बन्धमा ।बिशेष प्रस्ताब : (१) संचालक समितिको राजीनामा स्विकृती तथा संचालक नियुक्ती सम्बन्धमा। (२) नियमावली संसोधन गर्ने सम्बन्धमा । (३) आ.व. २०७८/०७९ को खुद मुनाफा सहितको संचितीवाट आफ्ना शेयर धनिहरुलाई संचालक समितीको प्रस्ताव बमोजिम ८.५० प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) स्वीकत गर्ने।   (४) शेयरको सार्वजनिक निष्काशन बाट प्राप्त पुंजीको उपयोग सम्बन्धमा ।

सगरमाथा र माईखोला हाइड्रोले आईपिओ अगाडी नै लाभांश दिने, साधारणसभा आह्वान

सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले साउन २५ गते अनामनगर स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेका हुन् ।दुवै कम्पनीको साधारणसभामा आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ । त्यस्तै दुवै कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।यस्ता छन् दुवै कम्पनीको सभामा पेश हुने प्रस्तावहरु ।सगरमाथा जलविद्युतको साधारणसभामा पेश हुने प्रस्ताव: (क) सामान्य प्रस्तावहरु : (१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन उपरछलफल गरि पारित गर्ने । (२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने। (३) आ.व.२०७९/०८० को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने। (४) संचालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने । (५) संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने । (ख) विशेष प्रस्तावहरु : (१) कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निश्काशन - (Initial Public Offering) गर्ने सम्बन्धमा। (२) कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने सम्बन्धमा। (३) प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निशकासन सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा । (४) कम्पनीको आ.व.२०७८/०७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पुजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांस वितरण गर्ने सम्बन्धमा ।माईखोला हाइड्रोको साधारणसभामा पेश हुने प्रस्ताव: (क) सामान्य प्रस्तावहरु : (१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने । (२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने। (३) आ.व.२०७९/०८० को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने। (४) संचालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने । (५) संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने । (ख) विशेष प्रस्तावहरु : (१) कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निश्काशन - (Initial Public Offering) गर्ने सम्बन्धमा। (२) कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने सम्बन्धमा । (३) प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निशकासन सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा । (४) कम्पनीको आ.व.२०७८/०७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पुजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांस वितरण गर्ने सम्बन्धमा ।

सयपत्री हाइड्रोको साधारणसभा आह्वान , आईपिओ निष्काशन पनि एजेण्डामा

सयपत्री हाइड्रोपावर लिमीटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते शुक्रबार चाबहिल स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा आईपिओ निष्काशन गर्ने बारेको विशेष प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ । कम्पनीले ३ लाख कित्ता आइपिओ निश्काशन गर्ने तयारी गरेको छ । कम्पनीले पहिलो चरणमा बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आर्इपिओ जारी गर्न लागेको हो। एक सय रुपैयाँ अंकित दरका कुल ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आर्इपिओ निष्काशनको लागि अनुमति माग गर्दै साउन २३ गते धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ  । कम्पनीले  २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको छ । स्थानीय र सर्वसाधारण गरी कम्पनीले कुल ९ करोडको ९ लाख कित्ता आईपिओ निष्काशन  गर्ने छ । त्यस्तै साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष ७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान प्रतिवेदन लगायतका अन्य वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने , ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालेको १ बर्ष भएको छ ।

पिपुल्स हाइड्रोको आईपिओ बिक्रि नभए नागरिक लगानी कोषले सकार्ने

आईपिओ निष्काशनको तयारीमा रहेको पिपुल्स हाइड्रोपावर कम्पनीले प्रत्याभूतिकर्ता चयन गरेको छ । कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता चयन गरेको हो ।प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा पिपुल्स हाइड्रोको तर्फबाट  प्रवन्ध संचालक केशव बहादुर रायमाझी तथा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार यदि कम्पनीले निष्काशन गर्ने आइपिओ पुनर रुपमा बिक्रि नभएमा बिर्की नभएको आईपिओ नागरिक लगानी कोषले खरीद गर्ने छ । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशन प्रस्ताव पारित गर्न  मङ्सिर २३ गते क्वालिटी बैंक्वेट बुद्धनगरमा साधारणसभा आह्वान गरेको छ।  सभामा आईपिओ निष्काशन गर्ने तथा सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई गाभ्ने प्रस्ताव पारित हुने छ ।सभामा  सामान्य प्रस्ताव अन्तर्गत संचालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने ,  आ.व. २०७७/०७८ को लेखा परिक्षकको प्रतिवेदन सहित २०७८ अषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र शेयर पूजीमा भएको परिवर्तन लगायत अन्य अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने , आ.व. २०७८।०७९ को लागी लेखा परिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्।त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्ध पत्रको दफा ६ (ख) (ग) (घ) संशोधन तथा दफा ८ मा उपदफा (३) थप र नियमावलीको नियम २८ संशोधन गर्ने, सर्वसाधारण शेयर (IPO) जारी गर्ने , आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर जारी गर्ने , सर्वसाधारण शेयर जारीवाट प्राप्त हुने रकम पूँजी उपयोग गर्ने सम्बन्ध र पिपुल्स हाइड्रोपावर कम्पनी लि.मा सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लि.लाई मर्जर गर्ने (गाभ्ने सन्दर्भमा भए गरेका सम्पुर्ण प्रकृया अनुमोदन गरी सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लि.लाई मर्जर गर्ने (गाभ्ने) र यस प्रकृयामा नियमनकारी निकायबाट कुनै फेर बदल गर्न, संशोधन गर्न, थपघट गर्न लगायत अन्य निर्देशन प्राप्त भएमा सो कार्यहरु समेत गर्न यस कम्पनीको संचालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छन्। सुपर दोर्दी इन्भेष्टमेन्टले पिपुल्स हाइड्रोमा गाभिने प्रस्ताव सहित मङ्सिर ३० गते साधारणसभा आह्वान गरेको छ ।कम्पनीले आईपिओ निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले लमजुङ्ग जिल्लामा ५४ मेगावाटको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ निर्माण गरीरहेको छ । पिपुल्स हाईड्रोपावर कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई मिति २०७५ फाल्गुण १५ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दि गाउँपालिका (तत्कालीन ढोडेनीे÷फलेनी गा.वि.स.) मा बहने दोर्दीखोलाको पानी प्रयोग गरी यस आयोजना निर्माण गरिरहेको हो ।

१० प्रतिशत लाभांश प्रस्ताव गरेको विन्ध्यवासिनी हाइड्रोको साधारणसभा आह्वान

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २ गते बिहान ११ बजे बानेश्वर स्थिति आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । बैंकले शेयरधनीलाई भर्चुअल माध्यमबाट उपस्थित हुन आग्रह गरेको छ ।सभामा आर्थिक वर्ष ७७/७८ को आर्थिक प्रतिवेदनमाथि छलफल गरि स्वीकृत गर्ने , लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, आईपिओ निष्काशन सम्बन्धि आवश्यक निर्णय गर्ने, संचालक समितिले गरेका निर्णय अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित हुने छन् । त्यस्तै कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको संचित मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले २०७६ माघ १ गते नै आईपिओ निष्काशनको अनुमति माग गर्दै माघ १ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । जस मध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकि १५ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले कास्कीमा ८.८ मेगावाटको रुदीखोला ए आयोजनाको निर्माण सकिसकेको छ भने लमजुङमा ६.६ मेगावाटको रुदीखोला बि आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ ।