सगरमाथा जलविद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १४ गते बुधबार अनामनगर स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।सभामा आईपिओ निष्काशनको लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिने सहितका विविध प्रस्ताव पेश हुने छन् । सभामा सामान्य प्रस्ताव अन्तर्गत संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने, आ.व.२०७८/०७९ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने र संचालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्। त्यस्तै विशेष प्रस्तावहरु अन्तर्गत कम्पनीले प्रारम्भिक शेयर निश्काशन (IPO) जारी गर्नका लागि विद्युत नियमन आयोगबाट पुर्व स्विकृती लिने, कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने, र प्रस्तावित संसोधनमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुने छन्।कम्पनीले इलाममा ९.९९ मेगावाटको सुपर माई ए हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।